बर्दघाटमा ३५ लाख ९५ हजार सुत्केरी पोषण

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता बापत ३५ लाख ९५ हजार उपलब्ध गराएको छ ।

आर्थिक बर्ष २०७९/०८० मा नगरपालिकाले ७ सय १९ जना महिलाहरू सुत्केरि भएको र उनीहरूलाई पोषण भत्ता उपलब्ध गराएको नगरपालिकाले जानकारी दिएको छ ।

बर्दघाट नगरपालिकाले सुत्केरी आमालाई ५ प्रति व्यक्ति हजारका दरले पोषण भत्ता उपलब्ध गराउँदै आएको छ । पहिलो र दोश्रो सन्तान जन्माउँदा प्रत्येक पटक ५ हजार पोषण भत्ता दिँदै आएको छ ।

गत आर्थिक बर्षमा पोषण भत्ता माग गरी निवेदन दिएका मध्ये ४ जना आमालाई रित नपुगेकाले ४ जना आमाहरुलाई भत्ता उपलब्ध गराउन नसकिएको सिनियर अहेब कृष्णहरी पौडेलले बताउनु भयो । कतिपयले २ सन्तान भन्दा बढी सन्तान जन्माउदा झुठा विवरण पेश गरेको र कतिपयले निवेदन पेश गर्नुपर्ने समय अबधी कटेपछि निवेदन दिएको कारणले उनीहरुलाई उपलब्ध गराउन नसकिएको पौडेलको भनाइ छ ।

गत आर्थिक बर्ष सम्म नगर भित्रका बर्थिङ सेन्टरमा बच्चा जन्माएका र नगर भन्दा बाहिरका अस्पतालमा जन्माएका आमाहरुलाई भत्ता उपलब्ध गराउँदै आएकोमा यस बर्ष देखी भने कार्यविधि संसोधन गरिएको छ । पछिल्लो कार्यविधि अनुसार अब नगर भित्रका बर्थिङ सेन्टमा सुत्केरी हुने वा बर्थिङ सेन्टरबाट रिफर भएका सुत्केरी आमाहरुले मात्र पोषण भत्ता पाउने स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो ।

चालु आर्थिक बर्षबाट परिमार्जित भएको कार्यविधि अनुसार नगरपालिका भित्रका बर्थिङ सेन्टरमा नगई सिधै अन्य अस्पतालमा गएर सुत्केरी हुने आमाहरुले भत्ता बापतको रकम नपाउने भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?