सप्तरीमा एक युवक मृत अवस्थामा फेला

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजविराज । सप्तरी तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुरमा शुक्रबार युवक मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१० इनर्वामा घर भएका २१ वर्षीय तिर्थनारायण मण्डलको शव शुक्रवार बिहान घर नजिकै हिलोमा फेला परेको र अजय मण्डल नाम गरेका अर्का युवक घाइते अवस्थामा फेला परेको उल्लेख प्रहरीले जनाएको छ ।

विहान ६ बजे युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा प्रहरी टोलि खटी अनुसन्धान अगाडि बढाएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले बताउनुभयो । घटना राती भएको हुनसक्छ, एसपी कार्कीले भन्नुभयाे, स्थानीयले शुक्रबार विहान ६ बजे जानकारी गरेपछि टोलि खटी अनुसन्धान सुरु गरेको छ । प्रहरीले युवकलाई हत्या गरि फालिएको आशंका गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट युवकको हत्या भएको हुनसक्ने आशंका छ, एसपी कार्कीले भन्नुभयाे, अन्य थप कुरा अनुसन्धानपछि खुल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?