सडक विस्तारमा फड्को मार्दै तातोपानी गाउँपालिका

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सडक विस्तारमा फड्को मारेको छ । तातोपानीले भौतिक पुर्वाधार विकासलाई विशेष प्रथामिकतामा राखेर काम गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को अवधिमा उक्त पालिकाले धुले सडक तीन हजार १९ मिटर,ग्राभेल सडक ५७० मिटर,सोलिङ्ग सडक ५६० मिटर, पिपिसि सडक ९२२ मिटर र आरसिसि सडक २५० मिटर निर्माण गरि जम्मा ५.३०१२ किमि सडक निर्माण गरि संचालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

विकासको कामलाई चुस्त र गुणस्तरीयता बनाउका लागि अनुगमन समितिले कडाईका साथ नियमित काम गरेको छ । नागरिकले राहत महसुस हुनेगरि काम गरिने अध्यक्ष चौलागाईको भनाइ छ । गाउँपालिका इन्जिनियर डिल्ली बुढाका अनुसार गोरेटो बाटो निर्माण नौ हजार ९४७ मिटर,सोलिङ्ग बाटो निर्माण दुई हजार ८७७ मिटर, पिसिसि बाटो निर्माण ८९४ मिटर र आरसिसि सडक ७८ मिटर गरि जम्मा १३.७९६ कि.मि.सडक निर्माण भएको इन्जिनियर बुढाको भनाइ छ ।

त्यस्तै गाउँपालिकाले विद्युत लाईन विस्तार र मर्मत पाँच वटा, झोलुङ्गे पुल र ट्स पुल निर्माण दुई, तटबन्ध ११ वटा निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?