राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकता गर्ने सहमति

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच एकता गर्ने सहमति भएको छ । यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति भएको भन्दै महामन्त्री राजाराम बर्तौलाले एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत बताउनु भयो ।

पार्टी अध्यक्ष कमल थापाले सहमतिपछि सामाजिक संजाल ट्वीट मार्फत ूराप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर, साउन १६ गते राष्ट्रिय सभागृहमा घोषणासभा हुने, सघिय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्यगरी हिन्दुअधिराज्य,सुशासन र समृद्ध नेपाल निर्माणगर्ने संकल्प, निकट भविष्यमा जनआन्दोलन गर्नेू जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?