सदनको अवरोध हटाउन सभामुख र गृहमन्त्रीबीच छलफल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सभामुख देवराज घिमिरे सदनको अवरोध हटाउन छलफलमा जुट्नुभएको छ ।

एक सय किलो सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध समेत गरेको छ ।

सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एमालेले सदन अवरुद्ध गर्ने भएपछि सुरु हुन नसकेको अवस्थामा सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्नुभएको छ ।

यसअघि सभामुख घिमिरेले दलहरूका प्रमुख सचेतक तहमा छलफल गरे पनि सहमति जुटेन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?