जेबि टुहुरे फाउन्डेसनले सामाजिक अभियान्ता अनिल पौडेललाई सम्मान गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जेबि टुहुरे फाउन्डेसनद्वारा आयोजित ‘जेबि टुहुरे स्मृति श्रष्टा, सम्मान–२०८०’ कार्यक्रममा कवि, गितकार तथा सामाजिक अभियान्ता अनिल पौडेललाई सम्मान गरिने भएको छ । फाउन्डेसनको केन्द्रीय कार्यालय कलङ्कीमा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘जेबि टुहुरे स्मृति श्रष्टा, सम्मान–२०८०’ छनोट समितिको संयोजक खेम नेपालीको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरु केशरी घर्ति मगर, कुस्मा महरा, ब्रम्ह्चारी त्रोक्छाकी, चन्द्र बहादुर मगर सहभागिता रहेको थियो । बैठकमा सम्मानका लागि नेपाली गितसंङ्गितलाई योगदान दिएका विभिन्न श्रष्टाबारे छलफल भएको थियो । बैचारिक सामिप्यता तथा निरन्तरता, सिर्जनात्मक योगदान, वरिष्ठता लगायत छनोटको आधारभुत मापदण्ड बनाइएको थियो । जसअनुसार कवि, गितकार तथा सामाजिक अभियान्ता अनिल पौडेलको नाम चयन भएको हो । पौडेलले ‘मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रैछ, देशभक्त छोरा मर्दा देश रुदो रैछ’ गीत लेखन गर्नुभएको हो ।

‘भदौ १० गते राष्ट्रिय नाँच घर, काठमाडौँमा गरिने एक कार्यक्रमबिच नगद एक लाख सहित सम्मान गरिनेछ । कार्यक्रममा जनगायक जेबि टुुहुरेको जीबनसँग सम्बन्धित स्मृति ग्रन्थ पनि सार्वजनिक गरिनेछ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्माननीय प्रधानमन्त्रि पुष्प कमल दहाल प्रचण्ड आउनुहुनेछ ।’ फाउन्डेसकी अध्यक्ष निर्भिका टुहरे बताउनु भयो ।

२००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जेबिले न्याय समानता र परिवर्तनको पक्षमा उभिँदै कयौँ जनवादि गीत गाउँनुभएको थियो । बसाई हिड्नेको तातीले.., आमा दिदी बैनी हो...जस्ता कालजयी गीतहरु आजसम्म पनि हरेक जनताले गुन्जाइरहेका छन् ।

तत्कालीन संविधानसभा सदस्य समेत रहेका जुठबहादुर खड्गी (जेबी टुहुरे)को २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो । टुहुरेको स्मृतिमा अघिल्लो बर्ष धरानमा जेबि टुहुरे स्मृति श्रष्टा, सम्मान कार्यक्रम आयोजना गरिएको थियो । जहाँ बसाइ हिड्नेको ताँतीले गीतका लेखक लव प्रधानलाई सम्मान गरिएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?