आजदेखि क्यान इन्फोटेक

Read Time = 2 mins

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु हुने भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा माघ २९ गतेसम्म सञ्चालन हुने क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनको सहभागिता रहनेछ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीलाई बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादन सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अवसर दिने आयोजकले जनाएको छ ।

मेलामा सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सिसिटिभीलगायतका स्टल रहने बताइएको छ ।

क्यान इन्फोटेक २०२३ को प्लाटिनम स्पोन्सरमा डिसहोम फाइबरनेट, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र हुवावे रहेका छन् भने सिल्भर स्पोन्सरमा एसपावर, डिजिकम र अर्न सिक्का रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?