किन बन्न सकेन देश अब बहस चलाउनुपर्छ

Read Time = 14 mins

देश किन बन्न सकेन भनेर बहस चलाउनुपर्ने बेला भयो । अब यसरी हुँदैन । देश बन्नुपर्छ । देश नबनेसम्म नागरिकले दुःख पाउँछन् । यो कुरा बेला बेलामा तात्दै र सेलाउँदै आएको छ । अब तताउनुपर्ने भयो । देश नबन्नुको तात्पर्य अविकास, भ्रष्टाचार, दूराचार, नातावाद, भनसुन, बेइमानी र बेथिति मौलाउनु हो । मुलुकलाई झन् बढी सुन्दर, उन्नत र विकसित बनाउने कुरामा अब सबैले जोड दिनुपर्छ । कुशल र सशक्त नेतृत्वको अभावमा मुलुक बन्दैन । नेपाल बन्न र बनाउन यहाँ पर्याप्त आधार छन् । सक्रिय उमेर समूहको ठूलो जनशक्ति छ । अब त्यसलाई सञ्चालन, परिचालन र व्यवस्थापन गर्ने उदाहरणीय नेतृत्व चाहियो । जब कुनै मुलुकका नेता इमानदार हुँदैनन् तबसम्म मुलुक लथालिंग हुन्छ ।

राज्यका राजनीतिक र प्रशासनिक संरचनाको नेतृत्वमा सक्षम पात्र पुग्नेबित्तिकै मुलुक बन्न समय लाग्दैन । विकासको आवश्यकता पहिचान र त्यसको डिजाइन आफ्नो माटोअनुकूलको नक्शांकन गर्न आवश्यक देखिन्छ । व्यवस्था सुन्दर भएमात्र मुलुक बन्ने होइन, व्यवस्था सञ्चालकका चित्र, चरित्र र चिन्तनसमेत सुन्दर हुनुपर्छ । राजनीतिक संस्कृति र संस्कारको खडेरी परेका बेलामा सक्दो श्राप, गाली-गलोजले मुलुक बन्दैन । परिवर्तित व्यवस्थाको जस, अपजसको होडबाजीभन्दा पनि परिवर्तित व्यवस्थालाई संस्थागत, सघन बनाउन सामूहिक प्रयत्न जरुरी हुन्छ । मुलुक एकता र सामूहिकताको निरन्तर प्रयासले बन्ने हो । किन जनताका आशातीत चाहना पूरा भएनन् ?

जनताद्वारा जनताकै लागि सुशासनलाई स्थापित र बलियो बनाउनुपर्ने शासन व्यवस्थाले राज्यलाई किन यति धेरै गैरजिम्मेवार र भ्रष्टाचारी बनायो ? प्रश्न बेला बेलामा उठ्ने गर्दछन् । देश र जनताको हितमा काम गर्छु भन्दै हिँडने राजनीति दल, तिनका नेता नै भष्ट भएपछि मुलुक कसरी बन्छ ? मुलुक पछाडि धकेल्नेमा नेताहरू बढी जिम्मेवार छन् । मुलुक बनाउने चिन्ताभन्दा पनि नेताहरूलाई आआफ्नो स्वार्थ पूर्ति गर्ने कुरामा बढी केन्द्रित भए । १० वर्षसम्म चलेको माओवादी जनयुद्ध र २०६२/०६३ सालमा भएको दोस्रो जनआन्दोलनपछि नेपाली राजनीतिक इतिहासमा ठूलो परिवर्तन भयो । परिवर्तनपछि जनताको अवस्था बदलिन सकेको छैन । यो नै सबैभन्दा बढी चिन्ताको विषय हो ।

नेपाली राजनीतिमा ठूला-ठूला परिवर्तन भएका छन् । तर, दुर्भाग्य, ती राजनीतिक परिवर्तनबाट जनताको मुहारमा खुशी आउन सकेको छैन । जनता नै शक्तिका स्रोत हुन् तैपनि जनताले केही पाउन सकेका छैनन् । सबैखाले परिवर्तनपछि पनि नेपाली जनता नै बारम्बार दुःखी रहनु पर्‍यो ।

नेपाली राजनीतिमा ठूला-ठूला परिवर्तन भएका छन् । तर, दुर्भाग्य, ती राजनीतिक परिवर्तनबाट जनताको मुहारमा खुशी आउन सकेको छैन । जनता नै शक्तिका स्रोत हुन् तैपनि जनताले केही पाउन सकेका छैनन् । सबैखाले परिवर्तनपछि नेपाली जनता नै बारम्बार दुःखी रहनुप¥यो । जनता होइन, केही निश्चित समूह र व्यक्तिले फाइदा लिइरहेका छन् । केही व्यक्ति नवधनाढ्य भएका छन् । केही निश्चित समूह र व्यक्तिको स्वार्थपूर्ति गर्नुबाहेक नेपालमा अरू केही भएको छैन । परिवर्तनले जनजीवन स्तरमा खासै महत्व स्थापित गर्न सकेन । इतिहासमा भएका त्यस्ता परिवर्तनले नेपालको राजनीतिक, सामाजिक जीवनमा जुन संस्कृतिको विकास गर्नुपर्ने हो त्यो पटक्कै हुन सकेन । सत्ता, शक्ति अनि सम्पत्तिमा मात्र राजनीति केन्द्रित भयो ।

नेपालमा २०४७ पछिको राजनीति सत्ता, शक्ति र सम्पत्तिमा मात्र सीमित नहुँदो हो त आजको यो विकराल स्थिति देख्नुपर्दैन थियो होला । आन्तरिक द्वन्द्व, राजनीतिक अस्थिरता, परिवारवाद र नातावादबाट माथि उठ्न नसक्दा नै यो अवस्था आएको हो । केही राजनीतिक पार्टी र तिनका केही नेताको व्यक्तिगत स्वार्थमा मुलुक डुबेको छ । केही पार्टीगत र त्यस पार्टीभित्रका केही समूहगत स्वार्थमा राष्ट्रिय राजनीति केन्द्रित हुँदा नेपालले भोग्नै नपर्ने कहालीलाग्दो राजनीतिक र सामाजिक विद्रोह भोगिसकेको छ । देश किन आत्मनिर्भर बन्न सकेन ? यसको सूक्ष्म अध्ययन हुनसकेन भने देश अझै परनिर्भरतातर्फ अगाडि बढ्ने र देशमा आर्थिक, समाजिक, जातीय, भाषिक, द्वन्द्व जन्मने खतरा प्रवल छ ।

जब देशमै आर्थिक र भौतिक संकट आइपर्दछ, कुनै व्यक्ति विशेष सम्पन्नताको नाममा उकासिन सक्दैन । मुलुकमा राणाशासन, राजतन्त्रको अन्त्य हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा नेपाल आर्थिक, सामाजिक र वैचारिक रूपमा किन कमजोर हुँदै गयो ? स्वार्थभित्र पर्ने विभिन्न आयाम अवसरवाद, नातावाद, कृपावाद, गुलामी, समर्थक, परनिर्भरता, अनुकूलता, प्रतिकूलता गासिएको हुन्छ । यही गञ्जागोलभित्रको आयाममा अहिले देश फसेको छ । यी सबै गुण, अवगुण नेपालमा मात्र होइ, विश्वभर व्याप्त छन् । फरक यति हो कि विश्वका अन्य देशहरू यो सबै चिर्नसक्ने नेता, राजनेता छन् भने नेपालमा छैनन् । फरक यति हो ।

स्वार्थलाई आफूभन्दा बाहिर राख्नेहरू सफल हुन्छन् अरू असफल । नेपालमा भएको यही हो । नेता, सत्ता र स्वार्थका लागि जनता प्रयोग गर्ने सामान्य धर्म नै हो । यही कर्मभित्र नेताको दिनचर्या बित्छ । व्यवस्था परिवर्तन भयो । तर, जनताको जीवनस्तर परिवर्तन भएन । देश विकास भएन । यसमा नेतालाई दोष दिने र गाली गर्ने प्रचलन हावी भइरहँदा यसको कारक हामी हौं भन्ने हेक्का हामीलाई भएन । जबसम्म सिंगो देश र जनतालाई उत्पादन र कर्मसँग जोड्न सकिँदैन तबसम्म देश झन्–झन् परनिर्भर हुनेमा कुनै शंका छैन । यसका लागि नेता होइन, जनता नै संवेदनशील हुन जरुरी छ । क्षणिक सत्ता र स्वार्थ पूर्ति गर्न देश नै बन्धक राख्नेहरूको बोलवाला बढेको मुख्य कारक नै हामी जनता हौं ।

यसको जिम्मेवारी हामी सबैले लिनुपर्छ । जबसम्म जनता कर्मशील, उत्पादनशील र चेतनशील हुँदैनन्, तबसम्म केही हुँदैन । देश र जनताको नाममा नेता र कार्यकर्ताले धेरैले धेरै कमाइसके, अब देशमात्र बेच्न बाँकी छ । देशमा व्यापक रूपमा भ्रष्टाचार बढेर गएको छ । यो महामारी जसरी फैलिएको छ । भ्रष्टाचारलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले विकाराल रूप लिन सक्छ । भ्रष्टाचारले सबै क्षेत्रमा लामो समयदेखि नकारात्मक प्रभाव पारिरहेको छ । मुलुकमा भ्रष्टाचार बढनुभनेको विकासको गतिलाई रोक्नु हो । भ्रष्टाचारले देशलाई खोक्रो बनाइसकेको छ । भौतिक सम्पन्नताको होडबाजीका कारणले भ्रष्टाचार बढ्ने हो ।

देशमा भ्रष्टाचार बढ्दै जानुभनेको यो राम्रो संकेत होइन । भ्रष्टाचारलाई अब जरैदेखि उखेलेर फाल्नुपर्छ । त्यसो भयो भनेमात्र देश बन्छ । जनता पनि कुनै कार्यालयमा जाँदा काम बनेन भने कर्मचारीलाई घुस खुवाउन पछि पर्दैनन् । यो नै गल्ती हो । हामी आफैं गल्ती गरिरहेका छौं । भ्रष्टाचारको भण्डाफोर गर्नुपर्ने बेलामा आफैं घुस खुवाउन थाल्यौं भने हामी कस्तो समाज बनाउन खोजिरहेका छौं । यस बारे हामी नागरिक आफैं सचेत र चलाखो हुनुपर्ने बेला आएको छ । मुलुक किन बनेन ? यसबारे बहस गर्न जरुरी छ । मुलुकमा दूरदर्शी नेता नजन्मेकाले देश नबनेको हो । यो साँचो कुरा हो ।

देशमा भ्रष्टाचार बढ्दै जानु भनेको यो राम्रो संकेत होइन । भ्रष्टाचारलाई अब जरैदेखि उखेलेर फाल्नुपर्छ । त्यसो भयो भनेमात्र देश बन्छ । जनता पनि कुनै कार्यालयमा जाँदा काम बनेन भने कर्मचारीलाई घुस खुवाउन पछि पर्दैनन् । यो नै गल्ती हो ।

देशमा शासन व्यवस्था परिवर्तन भयो तर शैली र व्यवहार परिवर्तन भएन । उही शैली र व्यवहारले मुलुकको विकास हुँदैन । हाम्रो देश जलस्रोतको धनी देश हो । तर जलस्रोतको सही सदुपयोग हुन सकेन । सरकारले देश विकासका लागि आवश्यक पर्ने शिक्षा नीति बनाउन सकेन । राम्रो किसिमको शिक्षा नीति नभएर पनि मुलुकको विकास पछि परेको हो । मुलुकमा दलाल पुँजीवाद हावी भयो, स्वाधीन अर्थतन्त्र भएन त्यसैले हामी गरिब भएका हौं । सरकारले राष्ट्रिय पुँजीको विकास गर्न सकेन । भएका उद्योगहरू सरकारले निजीकरणका नाममा सिध्यायो । औद्योगिक नीति नबनेको कारण मुलुकको विकास नभएको हो । मुलुकमा जबसम्म कृषिजन्य वस्तु उत्पादन हुँदैन, जबसम्म हामीले कृषिमा विकास गर्न सक्दैनौं ।

जबसम्म सरकारले देशभित्र युवालाई रोजगारी दिन सक्दैन तबसम्म मुलुक बन्दैन । आखिर के हो मुलुक नबन्नुको कारण ? मुलुक समृद्ध हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार हो । हरेक चुनावपछि गठन भएका सरकारबाट सुशासन दिने प्रतिबद्धता भए पनि जनताले सुशासनको अनुभूति गरेको आभास मिल्न सकेको छैन । देशमा दलहरूको आडमा भ्रष्टाचार मौलाइरहेको छ । अहिले भ्रष्टाचारको मूल जरो कहाँ छ त्यो खोज्नुपर्ने बेला भएको छ । गरिब, असहायका नाममा आएको अर्बौं रकम हिनामिना भएको छ । सरकारले भ्रष्टाचारको कुरा जोडदार रूपमा उठाए पनि मुलुक अहिले भ्रष्टाचारबाट आक्रान्त छ ।

भ्रष्टाचार कहाँ छ भनेर खोज्नुभन्दा पनि भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने भएको छ । भ्रष्टाचार अहिले संघीय सरकारदेखि स्थानीय सरकारसम्म फैलिएको छ । न्यायालय पनि अहिले भ्रष्टाचारको अखडा भएको पाइएको छ । दलहरूको आम्दानी र खर्चको स्रोत पारदर्शी छैन । सबै भ्रष्टकर्मचारी नेताको संरक्षणमा छन् । सुशासनको कुरा नारामा मात्र सीमित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?