माछापुच्छ्रे बैंककाे खुद नाफा ९.७५ प्रतिशतले बढ्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५५ ले बढेर १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १८.०९५ ले बढेर १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

यता, माछापुच्छ्रे बैंकको लाभांश वितरण गर्ने क्षमता १५.२९ प्रतिशत पुगेको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ९.९१५ ले बढेर २ अर्ब ६९ करोड ८३ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर १८ रुपैयाँ ०५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा छ । खराब कर्जा १.०८ प्रतिशतले बढेर २.१२ प्रतिशत पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?