शून्य ब्याजदरमा सेगवे स्कुटर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालस्थित सेगवे र नाइटवकोे आधिकारिक बिक्रेता आइहब प्रालिले सेगवे इलेक्ट्रिक स्कुटरमा शून्य ब्याजदरमा फाइनान्सिङ योजना ल्याएको छ । दिगो यातायात विकल्पप्रति दृढ प्रतिबद्धतासाथ सेगवेको शून्य फाइनान्सिङ योजनाले ग्राहकलाई पाँच लाख रुपैयाँसम्मको कर्जामा ब्याजको बोझ नलिई आफ्नो रोजाइको विद्युतीय स्कुटरको स्वामित्वमा सशक्त बनाउने लक्ष्य लिएको छ ।

यो अफर सेगवेका सबै लोकप्रिय मोडल इ १००, इ १००, इ ११०, र इ १२५ मा उपलब्ध छ । १८ महिनासम्मको सहज इएमआईमा उपलब्ध हुने कर्जासँगै कम्पनीले सेगवको स्कुटर खरिदमा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कुटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भार जस्ता अफरसमेत उपलब्ध गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?