त्रिभुवन आदर्श माध्यमिक विद्यालय स्याङ्जामा नेविसङ्घ गठन

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको सदरमुकाममा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी सङ्घ गठन भएको छ । कक्षा ११ मा पढ्ने व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरुको समिति गठन बिहिबार भएको हो ।

करिब १०० जना विद्यार्थी अध्ययनरत उक्त सङ्कायमा नेपाल विद्यार्थी सङ्घ ईकाइ समिति गठन भएको छ । उक्त कमिटी गठन कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी सङ्घ स्याङ्जाका सभापति गौरव प्रधानले नेपाल विद्यार्थी सङ्घ विद्यार्थीहरूका जायज मागहरुको पक्षमा सधैं लड्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'नेबिसङ्घ स्याङ्जाको सभापतिको हैसियतले म तपाईँहरुका जायज समस्याहरुका लागि सधैँ साथमा हुनेछु । सिङ्गो सङ्गठन तपाईंहरुको साथमा हुनेछ ।'

नवगठित समितिको सभापतिमा सङ्गम ढकाल, उपसभापतिमा शिशिर पोख्रेल र स्वीकृति क्षेत्री, सचिवमा सरस्वती नेपाली, कोषाध्यक्षमा विकास सेन र सहसचिवमा सन्ध्या नेपाली रहेका छन् ।

जिल्लाका अन्य विद्यालयमा पनि क्रमश: नेपाल विद्यार्थी सङ्घ गठन गरिने जिल्ला सभापति गौरव प्रधानले बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति सविन रेग्मी, उपसभापति महादेव कार्की, स्ववियु सहसचिव सन्ध्या लामिछाने, विद्यार्थी नेता गोपी पोख्रेल, नेहा प्रधानलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?