सूर्या लाइफद्वारा मर्जर प्रस्ताव पारित

Read Time = 1 min

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको १४औँ वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । ज्योति लाइफ इन्स्योरेन्ससँग सेयर अनुपात १ः०.८२४५ मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । मर्जरपछि जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’ रहनेछ ।

साधारणसभाले कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगर महानगरपालिका ७ तथा कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका ३०, ज्ञानेश्वरमा राख्ने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको आर्थिक सहायता रकम १० लाख ४४ हजार चार सय ९९ रुपैयाँको कम्पनी ऐनमा भएको व्यवस्थाबमोजिम अनुमोदनसमेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?