बलात्कार आरोपी पक्राउ

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१०, शङ्करपुरमा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले स्थानीय ३२ वर्षीय नरबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

विश्वकर्माले यही साउन १५ गते राति घरमा कोही नभएको मौकामा गाउँकै १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

बरहथवा प्रहरीले यही साउन १४ गते मात्रै जवरजस्ती करणी मुद्दामा ११ वर्षदेखि फरार रहेका बरहथवा नगरपालिका–७, बस्ने २६ वर्षीय विजय पण्डित भन्ने उदय पण्डित कुम्हारलाई पक्राउ गरेको थियो । १२ वर्ष कैद फैसला भएका उनलाई प्रहरीले सर्लाही जिल्ला अदालतको आदेश अनुसार सिन्धुली कारागार चलान गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?