सावधान ! राजनीतिका शकुुनि

Read Time = 13 mins

राजनीति सदा स्वच्छ र सफा हुनुु अनिवार्य मानिन्छ । राजनीतिमा आक्षेप लगाउने र गाली गर्ने अवसर राजनेताले जनतालाई कहिल्यै पनि दिनुु हुुँदैन । जनताको शासन भएकाले यसलाई प्रजातन्त्र भनिएको हो तर आजको राजनीतिले जुुन किसिमको परिवर्तनलाई स्वीकार गरेको छ त्यसका आधारमा हामीले गणतन्त्र मानेका छौँ । गणतन्त्रका माध्यमबाट आज हाम्रो देशमा पनि शासन चलिरहेको छ । जनताले पाउने सुुविधा, अधिकार तथा सेवालाई द्रुुत तरिकाबाट बाहिर ल्याउने काम शासनमा बसेका सत्तासीनको हुने गर्दछ । उनीहरूका भावनालाई बुुझेरमात्र शासन व्यवस्थामा गतिशील हुने परम्परा विद्यमान रहेको हुुन्छ विकसित देशमा ।

यही हो शासन पद्धतिको आधार । शासनले जनतालाई दिने अधिकारका सन्दर्भ पनि यही सत्य नै लागू हुने गर्दछ तर हाम्रो देश बेग्लै राजनीतिको अवस्थामा चलिरहेको छ । आज हामी गणतन्त्रको सुनौलो बिहानीमा छौँ । अझ गणतन्त्रको समयलाई हेर्ने हो भने हाम्रो गणतन्त्र शिशुु अवस्थामा रहेको छभन्दा पनि हुन्छ । तर, यो शिशुु अवस्थाको गणतन्त्रले जुुन किसिमको परिवर्तन र उकाली ओराली भोग्यो त्यो अवस्था नेपालको कुुनै पनि शासन व्यवस्थाले भोगेका थिएनन् । यही हो गणतन्त्रको आधार र संविधानले दिएको जनताको मौलिकहक पनि ।

हाम्रो देश नेपाल पनि शकुनिको चालमा भासिएको छ । नेपालको राजनीतिका शकुुनि कहिल्यै पनि बाहिर आएनन् । भित्रभित्रै शकुनि चाल चलेर राजनीतिका पण्डितलाई असफल र देशलाई बर्बाद गराउन कम्मर कसेर लागेका छन् । उनीहरू केही हदसम्म सफल पनि भएका छन् ।

महाभारतमा धृतराष्ट्र आफैंमा असल विचारका शासक थिए । उनलाई गलत बाटो देखाउने गान्धारीका भाइ, दुुर्योधनका मामा र धृतराष्ट्रका आफ्नै साला शकुुनि थिए । शकुनिको चाल, छोराको महत्वाकांक्षालाई उनले कहिल्यै पनि बुुझेनन् र वंशविनाशको भागी बने । उनको एउटा मात्र निर्णयले हस्तिनापुरको शासनमा स्थिरता र कौरव वंशको विनाश रोकिन सक्दथ्यो तर त्यसो हुन सकेन । धृतराष्ट्रमा देखिएको महत्वाकांक्षा र उनमा पलाएको पुत्रमोह नै महाभारत युुद्धको कारक हो ।

शकुुनि को हो ?
राजनीतिमा नराम्रो चाल चलेर आफ्नो दुुनो सोझ्याउने व्यक्तिलाई शकुुनि भनिएको छ । राज्य तथा जनताको भलो नदेख्ने र आफ्नै स्वार्थमा डुुबेर अन्धो बनेको व्यक्ति शकुुनि हो । गतिलो सल्लाह नदिएर राज्य र जनताको हितमा नलाग्ने व्यक्ति शकुुनि हो । महाभारत कालीन शकुनिले कौरव वंशको वंशनाशलाई केन्द्रमा राखेर अघि बढेका थिए । शकुुनिको चाललाई महाभारतमा कहिल्यै पनि गतिलो चालका रूपमा लिइएन । उनले चालेका हरेक चालले पूूर्णता पाउन सकेनन् र हरेक चाल असफल तुल्याइए । त्यसैले शकुुनिको चाल राजनीतिमा असफल र जुुवामा सफल मानिएको छ । उनले जुुवामा चालेको चालले सफलता पायो । राजनीतिका हरेक चालमा विदुर र पाण्डवले असफल बनाए उनको चाललाई । यो तत्कालीन महाभारतको चाल थियो ।

हाम्रो देश नेपाल पनि शकुनिको चालमा भासिएको छ । नेपालको राजनीतिका शकुुनि कहिल्यै पनि बाहिर आएनन् । भित्रभित्रै शकुनि चाल चलेर राजनीतिका पण्डितलाई असफल र देशलाई बर्बाद गराउन कम्मर कसेर लागेका छन् । उनीहरू केही हदसम्म सफल पनि भएका छन् । उनीहरूको चालमा चलायमान नेपालको राजनीति कहिल्यै पनि सुुध्रिने अवस्थामा पुुग्ने लक्षण देखिँदैन । यो राजनीतिको चालमा आएको परिस्थितिजन्य मान्यताले नेपाल र नेपालीको जनजीवनमा नयाँपन ल्याउला भन्ने आशा गर्न सकिँदैन ।

गणतन्त्रपछिका दुई निर्वाचनपछि पनि नेपाली राजनीतिको अवस्था पुुरानै ढर्रामा चलिरहेको देखिन्छ । शासनमा बसेका मोटाउने उनका आसेपासेले मात्र पद पाउने तर नेपाली जनता जस्ताको त्यस्तै रहनुुले पनि यही कुरालाई प्रमाणित गरिदिएको छ । राजनीति समाज र देशको सेवा गर्ने आधार बन्नुपर्नेमा नेपालको राजनीतिले त्यो अवस्थालाई स्वीकार गर्न सकेको छैन । नेपालको राजनीति सदा स्वार्थमा केन्द्रित बनेर देखिएको छ । यसमा सुुधार कहिले आउने हो नेपाली जनतालाई थाहा नै छैन । शासनसत्ता चलाउने सबै धृतराष्ट्र देखिएका छन् । धृतराष्ट्रका सहयोगी शकुनि आजको नेपाली राजनीतिमा सक्रिय बनेर आएका छन् । राजनीतिका पण्डितले यो कुरा बुुझेका छैनन् ।

नेपाली राजनीतिमा जनता सदा उच्च रहे । राजनीतिक नेता वा पार्टीले चालेका हरेक कदममा साथ दिए । देशको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा रूपमान्तरण हुन्छ भन्ने आशामा आफूलाई आन्दोलनमा होमे । राजनीतिक दलका कार्यकर्ता कुनै पनि आन्दोलनको पछाडि रहे । जनता अग्रभागमा रहेर आफूलाई आन्दोलनको शिखरमा राखेका कुरालाई कुनै दल र नेताले अस्वीकार गर्न सक्ने अवस्था छैन । यो यथार्थ र तीतो सत्य हो । यो तीतो सत्यलाई नेपालमा राजनीति गर्ने दल र तिनका कार्यकर्ताले जहिले पनि अङ्गीकार गर्नु अनिवार्य मानिन्छ । यो सत्यलाई राजनीति गर्ने व्यक्ति वा पार्टीले जानेका छन्, बुुझेका छन्, मनन गरेका छन् तर उनीहरूलाई गतिलो सल्लाह नदिने शकुुनि नै वर्तमान नेपालको राजनीतिमा उनीहरूका बाधक बनेर उभिएका छन् ।

भ्रष्टाचारलाई समाप्त पार्ने सन्दर्भमा राज्यले चाहेको कुरालाई विपक्षले किन सहयोग गरेको छैन बुुझ्न सकिएको छैन । राज्यका सबै संयन्त्रहरू सक्रिय बनाएर भ्रष्टाचारको जालोलाई समाप्त पार्नु अनिवार्य छ । अब आउने निर्वाचनपछि कुनै पनि नेपाली बाहिर जानु नपरोस् ।

शकुुनिको चाल जुुवामा मात्र सीमित थिएन । शकुुनिका हरेक वचनलाई आशीर्वाद मन्ने दुुर्योधन र उनको सल्लाहलाई शिरोधार्य गर्ने धृतराष्ट्रको जुुन अवस्था देखियो त्यही अवस्थामा नेपाली राजनीतिका हस्तीहरू पुुग्नेछन् भन्ने अवस्थालाई नकार्न सकिँदैन । देशको अवस्था कमजोर होइन । देशको सुुन्दरतामा कुनै किसिमको कमी पनि छैन । प्राकृतिक मनमोहकताले विदेशी पर्यटकलाई हाम्रो देशले लोभ्याएको छ तर यो देशको विकास र उन्नतिमा बाधक सदा राजनीति नै बन्यो । राजनीतिमा आएको परिवर्तनले दिएका कुरालाई हामीले आत्मसात त गर्‍यौँ तर देशको अवस्थामा सुुधार ल्याउने पद्धतितिर हाम्रो ध्यान कहिल्यै पनि गएन । धार्मिक दृष्टिले सबल, सामाजिक मान्यतमा सहिष्णुु, आफ्ना र आफन्तप्रति सदा सम्मानका दृष्टिले हेर्ने हाम्रो समाजको वातावरणलाई राजनीतिले धमिल्याउन खोजेको देखिन्छ ।

सावधान धृतराष्ट्र !
महाभारत कालीन धृतराष्ट्रको हालतमा नेपालको राजनीतिका पण्डित पुुग्न सक्ने अवस्थामा रहेका छन् । यो मुुलुुकमा भएका भ्रष्टाचारका पुुराना ढुुसी लागेका फायलहरू खोलिए भने शायद कुनै पनि नेता अछुुतो रहनेछैन । सबै भ्रष्टाचारबाट मुुक्त हुने अवस्थाका छैनन् । सय किलो सुनमात्र होइन ललिता निवासमा पनि धेरैको अवस्था नाजुुक देखिएको छ । नेपालीलाई भुटानी बनाउने अवस्था देखिका सबै भ्रष्टाचारका अपराधलाई निर्मूूल पार्न अनिवार्य देखिएको छ । यदि त्यसो गर्न सकिएन भने यो सरकारको औचित्य नै समाप्त भएको मानिनेछ । स्वार्थबाट प्रेरित नभई भ्रष्टाचारमा निर्ममतापूूर्वक बाहिर आयो भने नेपाली राजनीतिका शकुनिहरू समाप्त हुनेछन् ।

धृतराष्ट्रलाई त्यस अवस्थामा पुुर्‍याउने शकुुनिको अन्त्य हुनुु अनिवार्य छ । नेपाली राजनीतिका शकुुनिलाई समाप्त पारेमा मात्र नेपाल र नेपालीको स्वाभिमानले हुुर्कने मौका पाउनेछ । नेपालीले नेपाली भएर बाँच्न पाउनेछन् । यस आर्थिक वर्षमा सबैभन्दा धेरै नेपाली विदेश पलाएन भए भन्ने तथ्याङ्क राज्यले बाहिर ल्याएको छ । देशमा रोजगारीको अवस्था देखिँदैन । स्वरोजगारको बाटो बन्द भएको छ । सहकारीमा राखेका पैसा लुटिएका छन् । जनता ठगिएका घटना दिनदिनै बाहिर आउने गरेका छन् । राज्य मौन बसेको छ । सरकार भ्रष्टाचारलाई निर्मूूल पार्छुु भन्छ । विपक्षले सदन चल्न दिँदैन ।

भ्रष्टाचारलाई समाप्त पार्ने सन्दर्भमा राज्यले चाहेको कुरालाई विपक्षले किन सहयोग गरेको छैन बुुझ्न सकिएको छैन । राज्यका सबै संयन्त्रहरू सक्रिय बनाएर भ्रष्टाचारको जालोलाई समाप्त पार्नु अनिवार्य छ । अब आउने निर्वाचनपछि कुनै पनि नेपाली बाहिर जानु नपरोस् । कुनै नेपाली शिक्षाका नाममा बाहिरिनु नपरोस् । कुनै नेपालीले भोकै मर्नु नपरोस् । कुनै नेपालीले जीवन धान्नका लागि आफूलाई समाप्त पार्नु नपरोस् ।

नेपालमा रहेका नेपाली र विदेशमा बस्ने नेपालीले यही चाहेका छन् । यो सबै नेपालीको सपना पनि हो । यही सपनामा बाँच्न चाहेका छन् नेपालीहरू । नेपाली राजनीतिका धृतराष्ट्र र शकुनिका दिन समाप्त हुने अवस्थामा देखिएका छन् । शकुनिको चाल समाप्त हुने अवस्थामा रहेको छ । भ्रष्टाचारको जालोलाई चिरेर अघि बढेमा नेपाल र नेपालीको सुनौलो भविष्यको सपना साकार हुनेछ । यही सुुनौलो भविष्यको कल्पना नै नेपाल र नेपालीको चाहना पनि हो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-08-05 4:52 pm

अब आउने निर्वाचनपछि कुनै पनि नेपाली बाहिर जानु नपरोस् । कुनै नेपाली शिक्षाका नाममा बाहिरिनु नपरोस् । कुनै नेपालीले भोकै मर्नु नपरोस् । कुनै नेपालीले जीवन धान्नका लागि आफूलाई समाप्त पार्नु नपरोस् ।

सान्दर्भिक अभिव्यक्ति

Last edited 10 months ago by devi bhakta.dhakal-4175

रिलेटेड न्युज

छुटाउनुभयो कि ?