माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको छ : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताउनुभएको छ ।

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार अध्यक्ष प्रचण्डले माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको बताउनु भयो ।

माओवादी केन्द्र र नेतृत्वमाथि घेराबन्दी भइरहेको र नेताहरुलाई जेलसमेत हाल्ने कुरा भइरहेको भन्दै उहाँले यसप्रति सचेत हुनुपर्ने बताउनु भयो ।
प्रचण्डले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानको फाइलको टुंगोमा पुर्याउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानको फाइलको टुंगोमा नपुगेसम्म रोकिँदैन । हामीले सुशासनको कुरा उठाएपछि अहिले पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको छ । अब पार्टी मूल नेतृत्वमा केन्द्रित भएका आरोपहरुको खण्डन गर्दै भ्रष्टाचारविरोधी सरकारले लिएको अभियानलाई साथ दिएर यो केन्द्रीय समिति अघि बढ्नेछ ।’

उहाँले आफू पार्टीभित्र अध्यक्ष र बाहिर गएपछि देशको प्रधानमन्त्री भएकाले त्यही अनुसार जिम्मेवारी सम्हाल्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?