यस्तो छ तपाईंको साउन २२ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन २२ गते सोमबार, ई.सं. ७ अगष्ट, २०२३ । तिथि- अधिक श्रावण कृष्णपक्ष षष्ठी, ११ः०१ बजेपछि सप्तमी, नक्षत्र- रेवती, ८ः०२ बजेपछि अश्विनी, योग- शूल, करण- वणिज, चन्द्रराशि-मीन, सूर्योदय ५ः ३०, सूर्यास्तः १८ः४७ ।

मेष : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।
वृष : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

मिथुन : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

कर्कट : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

कन्या : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

तुला : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

वृश्चिक : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

मकर : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?