गौर हत्याकाण्डदेखि दरबार हत्याकाण्डसम्मको नयाँ शिराबाट छानबिन गर्नुपर्छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको छानबिन गर्नुपर्ने बताउनु भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद प्रभु साह र अमरेशकुृमार सिंहको प्रश्नको जवाफ दिँदै उहाँले देशमा भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताउन भयो ।

गौर हत्याकाण्ड, दरबार हत्याकाण्ड, मदनआश्रित हत्याकाण्डलगायत देशका भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारका घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा सरकार रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?