रूसमा बारुद कारखानामा विष्फोट, चार जनाको मृत्यु

Read Time = 2 mins

मस्को । रूसको एक बारुद कारखानामा मंगलबार भएको विष्फोटनमा परी चारजनाको मृत्यु हुनुका साथै अन्य कैयौं घाइते भएका अधिकारीहरूले बताएका छन् । मस्कोको दक्षिणपूर्वमा रहेको टाम्बोभ क्षेत्रमा रहेको बारुद कारखानाले एक विज्ञप्ति जारी गर्दै एक ठेकेदारसहित समान जोड्ने काम भइरहेका समय विष्फोट भएको जनाएको छ ।

‘कारखानामा भएको अप्रत्यासित विष्फोटमा परी कम्तीमा १२ जना घाइते भएका छन् र तीमध्ये चारजनाको मृत्यु भएको छ’, रूसी सञ्चारमाध्यमबाट सार्वजनिक भएको कारखानाको विज्ञप्तिमा भनिएको छ । मृत्यु हुनेमा अधिकांश ठेकेदार कम्पनीका कर्मचारी छन् ।

बरुद कारखानाले विष्फोटको कारणबारे अनुसन्धान गरिरहेको र घटनामा मानवीय सम्लग्नता रहेको हुनसक्ने बताएको छ । ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले घटनामा ‘आतंककारी’को सम्लग्नता हुनसक्ने सम्भावनालाई अस्वीकार गरेका छन् ।

ठूला अपराधको छानविन गर्ने रुसी सरकारी छानविन समितिले सुरक्षा नियम उल्लंघनको अनुसन्धान सुरु गरेको जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रअरी २०२२ मा युक्रेनमा सेना पठाएपछि मस्को उच्च सतर्कतामा रहेको छ । यद्यपि, यो अवधिमा रुसी भू-भाग भित्ररहेका प्रतिष्ठानहरूमा थुप्रै ड्रोन आक्रमण भएका छन् ।

युक्रेनमा आक्रमण सुरु भएदेखि नै रुसमा सैन्य कारखाना पनि पूर्णरूपमा सञ्चालन भइरहेका छन् । रासस÷एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?