बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।
प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने कार्यतालिका छ।
यसअघि गत सोमबार बस्ने भनिएको बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको थियो। तर प्रदेश प्रमुख शेरचन अस्वस्थ भएपछि कार्यक्रम आजको लागि सारिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा आगामी बजेटमा यसअघि अधुरा रहेका योजना प्राथमिकतामा पर्ने भएका छन्। प्रदेशको विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन नीति कार्यक्रमको प्राथमिकतामा परेको बताइएको छ।
यस्तै आजै प्रदेश १ ले पनि आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेको छ ।
प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र