लुम्बिनी प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।

प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने कार्यतालिका छ।

यसअघि गत सोमबार बस्ने भनिएको बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको थियो। तर प्रदेश प्रमुख शेरचन अस्वस्थ भएपछि कार्यक्रम आजको लागि सारिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा आगामी बजेटमा यसअघि अधुरा रहेका योजना प्राथमिकतामा पर्ने भएका छन्। प्रदेशको विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन नीति कार्यक्रमको प्राथमिकतामा परेको बताइएको छ।

यस्तै आजै प्रदेश १ ले पनि आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेको छ ।

प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?