पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । जिल्लाको रम्भा गाउँपालिका–१ पिपलडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आइतबार राती रम्भाको भुमरस्थित कालिगण्डकी करीडोर सडक खण्डमा पिपलडाँडाबाट हुँगीतर्फ आउँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकल चालक रम्भा गाउँपालिका–१ असर्दीका २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको हो ।

मोटरसाइकल सडकबाट २ सय मिटर तल कालिगण्डकी किनारमा खस्न पुग्दा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्टले जानकारी दिनुभयो ।

घटनाको प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागि रामपुर अस्पताल पठाईएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?