मकवानपुरमा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता, खोजी कार्य जारी

हिमालय टाइम्स
Read Time = 1 min

हेटौंडा । मकवानपुरमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन ।

मकवानपुरको वाग्मती गाउँपालिका-५ भोर्लेनीमा पहिरोले घर पुरिदा पाँच जना बेपत्ता भएका हुुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाउँपालिकाका भोर्लेनीमा धारापानी स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै पाँच जना बेपत्ता भएका हुन । उनीहरुको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन ।

पहिरोले बगाउँदा बेपत्ता भएका पाँच जना राति घर नजिकको खोल्सीमा पानीको बहाव बढे पछि पहिरो खसेको थियो । खोल्सीमा पहिरो खस्दा स्याङतानको परिवार भने मस्त निंद्रामा थियो । सो पहिरो खसेलगत्तै पाँच जना घरसहित वाग्मती नदीमा बगेको प्रारम्भिक रिर्पोट आएको प्रहरीले जनाएको छ ।

सो पहिरोमा परेका एकजनाको उद्धार गर्नका लागि सफल भए पनि घरमा सुतिरहेका स्याङ्तान, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिका भने अझै बेपत्ता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?