‘सारंगी त रेटे पनि’ भिडियोमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वरिष्ठ गायक/संगीतकार शिशिर योगीको स्वरमा रहेको गीत ‘सारंगी त रेटे पनि’ को भिडियो सार्वजनिक गरिएको छ । गायक योगीले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत यो भिडियो डिजिटल बजारमा ल्याउनुभएको हो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यस गीतमा शक्तिबल्लभको संगीत र शिलाबहादुर मोक्तानको संगीत संयोजन छ भने मिक्सिङ प्रदीप श्रेष्ठले गर्नुभएको छ ।

वीरेन्द्र भाट ‘विपिन’को निर्देशन, सिनेम्याटोग्राफी, सम्पादन र ग्राफिक्समा तयार भएको भिडियोमा लोकेश भाटको सहसम्पादन छ । वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित सार्वजनिक भिडियोमा प्रमुख कलाकारको रूपमा गायक योगीले स्वयं अभिनय गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?