काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार आफना पार्टीका सांसद सुनिल शर्मा पक्राउ गरे पछि सो पार्टीका नेताहरु भने सशंकित हुन पुगेका छन् ।
पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुँदै आएका सांसद शर्मालाई झन्डै ३० बर्ष अघिको नक्कली सर्टिफिकट प्रकरणमा हाल पक्राउ गरे पछि सत्तारुढ कांग्रेसका नेताहरू नै सशंकित हुन पुगेका हुन् ।
कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरूलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका ब्यक्त गर्नुभएको छ ।
‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे को छानबिन ‘अपरेशन क्वाक’ ले सात वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो, त्यही केस हाल आएर सिआईवि ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘संसदमा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को हो ? यो संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच