राष्ट्रिय सभामा एमालेको अवरोध, सत्ता पक्षका सांसदको पनि बिरोध

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध कायम राखेको हो । बैठकको प्रारम्भमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई दलिय आधारमा समसामयिक विषयमा बोल्नका लागि समय दिनुभएको थियो । सो क्रममा सांसदहरुले आ-आफ्नो धारणा राख्नुभयो ।

धारणा राख्नेक्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूचि अगाडी बढाउन खोज्दा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसदहरु उभिएर बिरोध जनाएका थिए । अध्यक्षले बिरोध जनाउनुको कारण बारे बोल्नका लागि एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरु पनि उभिएर बैठक अवरोध गरेका थिए ।

दुवै पक्षका सांसदहरु उभिएर बिरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी बढाउन नसकिएको जानकारी दिनुभयो ।

आगामी बैठक साउन ३१ गते बुधबार दिउँसो १ः०१ मा बस्नेगरी बोलाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?