भोजपुरमा सुमो दुर्घटना : एघार जना घाइते, तीन जनाको अवस्था गम्भीर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरमा शनिबार भएको सुमो दुर्घटनामा एघार जना घाइते भएका छन । जसमा तीन जना गम्भीर घाइते भएका छन् ।

काठमाण्डौवाट भोजपुर सदरमुकाम आउँदै गरेको ना १ ज ६८१६ नम्वरको सुमो दिउँसो साढे चार वजे तिर अनियन्त्रित भई भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ छिनामखुको सिर्दलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले जानकारी दिनुभयो ।

दुर्घटनामा परि सुमोमा सवार ११ जना घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगिएको छ । दुर्घटनामा परी सुन्दर हरैचाका २४ बर्षिय निशान राई, भोजपुर नगरपालिका ७ का सिराज शर्मा लुईटेल र इलाम माङसेबुङका ३० बर्षिय सुरेन्द्र राई गम्भीर घाइते भएका छन । निशानको छातीमा चोट लागेको, सिराजको अनुहारमा चोट सहित करङ भाँचिएको र सुरेन्द्रको पनि छातीमा चोट लागेको प्रहरी निरीक्षक लिम्बुले बताउनुभयो ।

दुर्घटनामा परी घाइते हुने अन्यहरुमा टेम्केमैयुङ गाउँपालिका चालक अहिर प्रधान, सुनिल प्रधान, भोजपुर नगरपालिका ६ का नविन राई, पूर्ण प्रधान, सन्ध्या प्रधान, कौशल हिमाङ, धनकुटाका टेकेन्द्र राई र झापाका लोकबहादुर तामाङ रहेका छन् ।

सुमो सडक भन्दा २० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?