गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । केही दिन यता लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासीको त्रिबेणी स्थित गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको छ । पानीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी अमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ ।

ब्यारेजका संरचना निकै नै पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहलाई खतराको सुचक मानिन्छ । नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ । नारायणी नदीमा बाढीको कारण क्षतीपुग्न सक्ने भन्दै पुर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रहरी प्रशासनलाई सम्भावित दुर्घटनाका लागि जिल्लामा तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?