काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डु १३औँ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा फुडमाण्डुका संस्थापक तथा प्रबन्धक निर्देशक मनोहर अधिकारीले भन्नुभयो, ‘फुड डेलिभरी सहज बनाउने उद्देश्यका साथ हामीले आजभन्दा १३ वर्षअघि फुडमाण्डु सुरुवात गरेका थियौँ । आजको दिनसम्म हाम्रा प्रयोगकर्ताले दिनुभएको साथ र मायाले हामी अत्यन्तै प्रभावित छौँ । हामी सदैव ग्राहकलाई स्वादिष्ट परिकार घरमै पुर्याउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौँ ।’ कम्पनीका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्यामरत्न मालीले भन्नुभयो, ‘फुडमाण्डु आफ्नो किशोरावस्थाको पहिलो वर्षमा प्रवेश गरिसकेको छ, जुन हामी सबैका लागि कोशेढुंगा हो ।’ वार्षिकोत्सवका अवसरमा कम्पनीले ‘टिन इयर म्याजिक’ अफर ल्याएको छ । अफरअन्तर्गत कम्बोमा ५१ प्रतिशत छुट, बाई वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टमा २५ प्रतिशतसम्म छुटलगायतका अफर रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच