काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ ।
मोटरसाइकलको ‘ब्रेक सु’मा छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम मात्रै भएको हो । सोमबार ब्रेक प्याडबाट अलग निकालेर जोख्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । तर, आज उक्त सुन गाल्दा अझ घटेको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालेर सुन जोखिएको थियो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक सुबाट छुट्याएर जोख्दा ६० केजी ७१६ ग्राम परिमाण पाइएको बताउनु भयो । उहाँका अनुसार अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने छ ।
मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।
भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको 'ब्रेक सु' १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो । सो बेला करिव सय किलो सुनको अनुमान गरिएको थियो ।
सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सुम्पिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच