इल्भिस यादव ‘बिगबोस ओटीटी-२’ को विजेता

Read Time = 2 mins

मुम्बई । बिगबोस ओटीटी-२ को विजेता घोषणा गरिएको छ । इल्भिस यादवले दोस्रो सिजनको ट्रफी आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । इल्भिसले बिगबोस ओटीटी-२ विजेताको ट्रफीसहित २५ लाख रुपैयाँ जित्न सफल हुनुभएको छ । घरमा वाइल्ड कार्ड एन्ट्रिका रूपमा प्रवेश गर्नुभएका एल्विसले सुरुदेखि नै घरको वातावरणलाई कायम राख्नुभयो ।

सुरुमा उहाँ निकै हास्यास्पद रूपमा देखिएका थिए तर त्यसपछि उहाँ प्रतियोगीसँग समस्यामा पर्नुभयो र यसका लागि उहाँलाई सलमान खानले गाली पनि गर्नुभएको थियो । यद्यपि यसबाट एल्विसको फ्यान फलोइङमा कुनै असर परेन तर घरमै यसबाट उहाँलाई धेरै फाइदा भयो ।

यसैबीच, फिनाले अघि अभिषेकको स्वास्थ्य निकै खराब भएको खबर आएको थियो, जसका कारण उहाँलाई अस्पताल भर्ना गर्नुपरेको थियो । त्यही समयमा, फाइनल सुरु हुँदा उहाँ शोमा देखिनुभएन तर पछि उहाँले एन्ट्री लिनुभयो । अभिषेक युट्युब स्टार हुनुहुन्छ ।

यो सिजनको शीर्ष पाँच प्रतिस्पर्धीमा एल्विश यादव, अभिषेक मल्हार, मनिष रानी, बेबिका धुर्वे र पूजा भट्ट हुनुहुन्थ्यो । सबैभन्दा पहिला पूजा भट्ट बाहिरिनुभयो, त्यसपछि बेबिका पनि विजेताको दौडबाट बाहिरिनुभयो । शीर्ष तीनको प्रतिस्पर्धा एल्विश, अभिषेक र मनिषा रानीबीच भयो । मनिषा रानी शीर्ष दुईमा पर्न सक्नुभएन । अन्तिम प्रतिस्पर्धा एल्विश र अभिषेकबीच भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?