डिपी दाहालको ‘आमा तिमी छोडेर गइगयौ’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गीतकार डिपी दाहाल परिश्रमीको रचना रहेको गीत ‘आमा तिमी छोडेर गइगयौ’ सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वर, सन्तोष श्रेष्ठको संगीत र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रीता सिम्खडा दाहालको प्रस्तुति रहेको सो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गर्नुभएको छ ।

एक दिन सबैले आफ्नो आमासँग बिछोड हुनुपर्दाको कारुणिक दृश्य गीतको भिडियोमा प्रस्तुत गरिएको छ । यो पीडा नभोग्ने सायदै कोही होला, आमाप्रतिको सम्मानलाई गीतले बोलेको छ । भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ ।

उत्तम हुमागाईंको छायांकन, विकास दाहालको सम्पादन रहेको गीतको भिडियो डिपी दाहालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?