शौचालयको ‘सेफ्टि ट्याङ्की’ मा खसेर मरेको हात्ती निकालिँदै (तस्बिर)

हिमालय टाइम्स
Read Time = 2 mins

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर गए राति जङ्गली हात्तीको मृत्यु भएको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो । “राति १२ बजेपछि जङ्गली हात्ती सेफ्टी ट्याङ्कीमा परेर मृत्यु भएको देखिएको छ ।” उहाँले भन्नुभयो ।

जङ्गली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गर्दै उहाँले मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो ।

  शौचालयको 'सेफ्टि ट्याङ्की'मा खसेर बिहीबार मरेको जङ्गली हात्ती व्याकहो लोडरको सहायताले निकालिँदै ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?