कावासोती फुटबल भदौ दोस्रो साता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रथम सेन्ट्रल कलेज कावासोती नकआउट फुटबल भदौ दोस्रो साताबाट सुरु हुने भएको छ । आयोजक अठ्ठाइस बिगाहा युवा क्लबले प्रतियोगिता भदौ १० गतेबाट सुरु भएर २० गतेसम्म चल्ने जनाएको छ ।

प्रतियोगितामा कुल १६ टोलीको सहभागिता रहनेछ । आयोजकका अनुसार प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

त्यस्तै, दोस्रो हुने टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको क्लबका खेल संयोजक दिवान लामाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?