लेकालीलाई नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल-बांगलादेश मैत्री संघको आयोजना र दिपायल/सिलगढी नगरपालिकाको प्रवद्र्धनमा नेपाल पर्यटन बोडमा आयोजित ‘नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड’ कार्यक्रममा नेपाल, भारत र बांगलादेशका स्रष्टाहरू सम्मानित भएका छन् । दिपायल/सिलगढी नगरपालिकाका मेयर बाजीसिंह खड्काको सभापतित्वमा आयोजित सो कार्यक्रममा सम्मानित स्रष्टाहरूलाई कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरदसिंह भण्डारीले सम्मानित स्रष्टाहरूलाई अवार्ड प्रदान गर्नुभएको थियो ।

सोही कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वकेन्द्रीय अध्यक्ष साहित्यकार राधेश्याम लेकाली सम्मानित हुनुभएको छ ।

कार्यक्रममा नेपाल-बांगलादेश मैत्रीसंघका अध्यक्ष दिनदयाल रिजालले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री भण्डारी, अध्यक्ष मेयर बाजि सिंह, सम्मानित राधेश्याम लेकालीलगायतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?