प्रधानमन्त्री देउवा पत्नी बागलुङ २ बाट सिफारिस

Read Time = 7 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । नेपाली कांग्रेस बागलुङले दुईवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । बागलुङ क्षेत्र नम्बर २ बाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणासहित १० जनाको नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को शनिबार बसेको बैठकले राणासहित नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देविप्रकाश भट्टचन, दोर्ण कुमार कुवँर, नरबहादुर पुन नीरज, रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिनुभयो ।

बागलुङ क्षेत्र नम्बर १ मा पनि १० जनाको नाम सिफारिस भएको छ । केन्द्रीय सदस्य चम्पा खड्का, दीपेन्द्रबहादुर थापा, डिल्लीराम सुवेदी, भीम श्रीस, किरण पौडेल, मणिभद्र शर्मा कँडेल, प्रकाश पौडेल, जगदीशचन्द्र उपाध्याय, चिरञ्जिवि गौतम र लक्ष्मी जिसी सिफारिस भएको क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रदेशसभाका लागि ६६ सिफारिस
सरकारले आगामी मंसिर ४ लाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको छ । निर्वाचन मिति नजिकिएसँगै बागलुङ कांग्रेसले उम्मेदवार छनोटलाई तीव्रता दिएको छ । बागलुङमा प्रदेशसभा सदस्यका लागि चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारका आकांक्षीहरूको नामावली संकलन गरिएको छ । चारवटा प्रदेश सभामा उम्मेदवार बन्नका लागि प्रत्यक्षतर्फ ३५ जना र समानुपातिकतर्फ ३१ जनाले उम्मेदवार बन्न पार्टीमा नाम दर्ता गराएका छन् ।

बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ ११ जना गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रत्यक्षतर्फ जगन्नाथ अचार्य, क्याप्टेन हरिबहादुर भण्डारी, विष्णु पौडेल, होमबहादुर हमाल, महेन्द्र कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । समानुपातिकतर्फ ज्ञानुकुमारी श्रीस शर्मा, महेन्द्र आचार्य, लक्षुमाया पुन, पार्वती आचार्य, कृष्णशंकर श्रेष्ठ, शकुन्तला शर्मा, दुर्गादेवी विक, अम्मबहादुर कार्की, सीतादेवी सापकोटा, चित्रबहादुर कार्की, सावित्री खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता गरेका सबैको नाम माथिल्लो समितिमा सिफारिस गरिने प्रदेश सभापति हरिबहादुर जिसी सन्तोषले जानकारी दिनुभयो । बागलुङ क्षेत्र नम्बर १ का प्रदेशसभा ख बाट १३ जनाले प्रदेश सभा उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ सातजनाले उम्मेदवारी दर्ता गराएको प्रदेश सभा क्षेत्रीय समितिका सभापति दलबहादुर श्रीस रानाले जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फ दलबहादुर श्रीस राना, सागर परियार, हरिप्रसाद आचार्य, ओमकार थापा, कमलराज सापकोटा र ईन्द्रराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । समानुपातिकतर्फ कल्पना हमाल पाठक, शेरबहादुर विक, सीताराम रसाइली, पदमबहादुर पुन, विष्णु बस्नेत खत्री, लक्ष्मण आचार्य र श्रीकृष्ण पौडेल आकांक्षीका रूपमा पार्टीमा उम्मेदवारी दर्ता गरेका छन् ।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सातजना समानुपातिक र १७ जना प्रत्यक्षतर्फ उम्मेदवारी परेको सभापति तिलक घर्ती मगरले जानकारी दिनुभयो । यहाँ कुनै पनि शुल्क नलिई उम्मेदवारी दर्ता गरिएको छ । दस्तुर पनि नलिइएको पार्टीले जनाएको छ ।

प्रत्यक्षतर्फ रामप्रसाद कँडेल, फमबहादुर खत्री, कृष्णप्रसाद गौतम, ध्रुवराज गौतम, वीरजञ्ग भण्डारी, यामबहादुर श्रीस, कृष्णबहादुर घिमिरे, मञ्जेश बम मल्ल, तिलबहादुर अधिकारी, टोपबहादुर मल्ल, डिलाराम सुवेदी, मुकुन्दसिंह भण्डारी, उमेश गौतम, घनश्याम गौतम, डण्डपानी कँडेल र रेनुका काउचाको उम्मेदवारी परेको छ । समानुपातिकतर्फ गीता श्रीस, सुरेन्द्र बम मल्ल, हिराबहादुर घर्ती, मायाकुमारी केसी, राधिका पुन, दिलबहादुर पुन र अम्मर श्रीसको उम्मेदवारी परेको सभापति घर्ती मगरले बताउनुभयो ।

क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) ले भने प्रत्यक्षतर्फ सातजना र समानुपातिकतर्फ ६ जनाको नाम सिफारीस गरेको छ । प्रत्यक्षतर्फ अर्जुन शेरचन, ऋषिराम कँडेल, गणेश शेरचन, टेकराज पौडेल, देवेन्द्र कुमार घर्ती मगर, शैलेश घर्तीमगर र सागर छन्त्यालले उम्मेदवारी दाबी गर्दै पार्टीमा उम्मेदवारी दर्ता गरेको प्रदेशसभा सभापति मेषलाल शर्माले जानकारी दिनुभयो । समानुपातिकतर्फ तुलासिंह घर्ती मगर, दिलमाया पौवी, नरजंङ घर्ती, मेषलाल शर्मा, सीता कुमारी शर्मा र हितदेवी घर्तीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?