स्वास्थ्यका लागि बदाम

काठमाडौं । हामीले खाने धेरै खाद्यवस्तु आफैंमा औषधिजन्य हुन्छन् । यी खाद्यवस्तुको सही प्रयोगले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछन् । जाडो मौसममा घाम ताप्दै बदाम खानुको मजा बेग्लै हुन्छ । बदाम प्रोटिनको स्रोत मानिन्छ । यसमा प्रशस्तमात्रामा प्रोटिन रहेको हुन्छ । बदामले शरीरमा तातो दिन्छ, त्यसैले यसलाई चिसोमा खाँदा शरीरलाई भित्रबाट न्यानो राख्छ ।

बदाममा क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, फाइबर, ओमेगा ६ फ्याटी एसिड, पोटासियम, फस्फोरस, जिंक, आइरन, म्याग्नेसियम, भिटामिनलगायत धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ ।

बदामको सेवनले मांसपेशीहरू बलियो हुन्छ । यसमा पाइने जिंकले शरीरमा भिटामिन ‘ए’ पाइन्छ, जुन आँखाका लागि आवश्यक हुन्छ । यसमा पाइने भिटामिन ‘ई’ मोतियाबिन्दु र उमेरसम्बन्धी म्याकुलर डिजेनेरेशनबाट पनि बचाउँछ ।

बदाममा फाइबरको मात्रा पनि प्रशस्त हुन्छ । बदाममा अन्य धेरै प्रकारका सूक्ष्म पौष्टिक तत्व हुन्छन्, जसले शरीरमा शक्ति र ऊर्जा प्रदान गर्छन् र रोगसँग लड्न सक्ने शक्ति पैदा गर्छ । बदामले शरीरमा तातो दिन्छ, त्यसैले यसलाई चिसोमा खाँदा शरीरलाई भित्रबाट न्यानो राख्छ ।

यस्तै, बदामको नियमित सेवनले मुटुरोगको जोखिम पनि कम गर्ने बताइन्छ । बदाममा म्याग्नेसियम, कपर, एन्टिअक्सिडेन्ट पाइन्छ, जुन स्वस्थ मुटुका लागि आवश्यक हुन्छ । बदाममा प्रशस्तमात्रामा मोनोअनस्याचुरेटेड फ्याट, फाइबर, प्रोटिन पाइन्छ जसले कोलेस्ट्रोलको मात्रा कम गर्छ । धमनीको भित्री अस्तर सुरक्षित हुन्छ, जसले मुटुमा समस्या उत्पन्न गर्दैन ।

बदामले छालालाई पनि स्वस्थ राख्दछ । जाडोमा हुने सुक्खा छालाको समस्या पनि हट्छ । यसमा पाइने मोनोअनस्याचुरेटेड फ्याटले छालाको दाग कम गर्छ र चाउरी, फाइन लाइन, कालो दाग हटाउँछ । यसले एक्जिमा, सोराइसिसजस्ता छालाको अवस्थालाई पनि निको पार्ने बताइन्छ ।

त्यस्तै, बदामले कपालको सुन्दरतालाई पनि बढाउँछ । बदाममा कपाल लामो र सुन्दर बनाउने तत्व रहेको हुन्छ । यसको सेवन गर्दा कपाल झर्ने, टुक्रने तथा फुस्रो हुने समस्या आउँदैन ।

बदाममा क्याल्सियमको मात्रा अधिक हुन्छ । क्याल्सियम हड्डीका लागि महत्वपूर्ण तत्व हो । यसको सेवनबाट ओस्टियोपोरोसिस रोग लाग्ने खतरा पनि कम हुन्छ । बदाम सेवनले दाँतलाई समेत फाइदा गर्छ ।

बदाममा फाइबरको मात्रा पनि प्रशस्त हुन्छ । यसले पाचन प्रक्रिया चुस्त राख्नुका साथै कोलोन क्यान्सर हुने खतराबाट धेरै हदसम्म जोगाउँछ । बदाममा अन्य धेरै प्रकारका सूक्ष्म पौष्टिक तत्व हुन्छन्, जसले शरीरमा शक्ति र ऊर्जा प्रदान गर्छन् र रोगसँग लड्न सक्ने शक्ति पैदा गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?