नेपाल शिक्षक संघ पुतलीबजारको सम्मान तथा अन्तरक्रिया सम्पन्न

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । नेपाल शिक्षक सङ्घ पुतलीबजारले ३४ औं वार्षिकोत्सवका अवसरमा शिक्षक सम्मान क्यालेन्डर विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले शिक्षकहरुको प्रश्नको उत्तर दिँदै सरुवा तथा दरबन्दी मिलान नियमानुसार नै गरिएको तथा गरिने बताउनुभयो । उहाँले शिक्षक सरुवा विचार र आस्थाका आधारमा नगरिने भन्दै सबै शिक्षकलाई ढुक्क भएर पठनपाठनमा लाग्न निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्याल, नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मी रेग्मी, पुतलीबजार नेपाली काङ्ग्रेसका सभापति सुरजकुमार अधिकारी लगायतले शिक्षामात्र होइन समग्र समाज र राज्यको रुपान्तरणमा शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घ पुतलीबजारद्वारा निर्माण गरिएको शैक्षिक क्यालेन्डरको विमोचन गरिएको थियो । कृष्ण गोदार संयोजक रहेको उक्त क्यालेण्डर निर्माण समितिलाई वर्षभरिका शैक्षिक गतिविधि तथा पाठ्यक्रमका मूलभूत पक्षहरुलाई समेटेर क्यालेण्डर निर्माण भएको भन्दै वक्ताहरुले धन्यवाद प्रकट गरेका थिए ।

उक्त कार्यक्रममा शिक्षक सङ्घमा बढुवा हुनुभएका शिक्षकहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा पुण्यप्रसाद उपाध्याय, प्रेम पौडेल, राजेन्द्र लामिछाने लगायतका शिक्षकहरुलाई सम्मान गरिएको शिक्षक सङ्घका सचिव कृष्ण लामिछानेले बताउनुभयो ।

कार्यक्रममा लेखन र पत्रकारिताका माध्यमबाट लोकतन्त्र र शैक्षिक मुद्दामा बुलन्द आवाज उठाएको भन्दै लेखक तथा पत्रकार युवराज पौडेललाई पनि सम्मान गरिएको थियो ।

शिक्षक सङ्घ पुतलीबजारका सभापति लेखनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष रामचन्द्र उपाध्यायले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण लामिछानेले गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?