नेपाल पत्रकार महासंघ नवलपरासीको २४ औं साधारण सभा सम्पन्न

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीको २४ औं साधारण सभा सोमबार वर्दघाट १० को शहिद पार्कमा सम्पन्न भएको छ । जिल्ला शाखाका अध्यक्ष हरि शर्माको अध्यक्षता तथा महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यमा साधारण सम्पन्न भएको हो ।

सो अवसरमा वरिष्ट उपाध्यक्ष बिष्टले मर्यादित र व्यवसायिक पत्रकारितामा जोड दिन आग्रह गर्नु भयो । उहाँले महासंघले सदस्यता शुद्धिकरण अभियान सञ्चालन गरेर महासंघमा क्रियाशिल सदस्यहरुलाई मात्र आवद्ध गर्ने ध्यय राखिएको बताउनुभयो ।

२४ औं बार्षिक साधारण सभामा महासंघको साँगठानीय प्रतिवेदन सचिव राजकुमार रेश्मी, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष प्रकाश न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । दुवै प्रतिवेदनहरु सर्वसम्मत पास भएको अध्यक्ष शर्माले जानकारी दिनु भयो ।

साधारण सभाको अवसरमा अग्रज पत्रकार एवं शाखाका पूर्व अध्यक्ष स्व. कृष्णबहादुर कार्कीलाई मरणोपरान्त ११ हजार १ सय ११, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको छ । स्व. कार्कीको परिवारबाट कार्यक्रममा आमन्त्रित जेष्ठ सुपुत्र नारायण कार्कीलाई सम्मान पत्र हस्तान्तरण गरिएको हो । सो अवसरमा कार्की परिवारले बुवा स्व. कार्की र आमा स्व.पवित्रा कार्कीको स्मृतीमा पत्रकारिता पुरस्कारका लागि महासंघलाई १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गर्नु भयाे ।

सो अवसरमा महासंघका पूर्व अध्यक्ष कुलप्रसाद शर्मा, संस्थापक सदस्य आरपी उपाध्याय, प्रेस युनियन नवलपरासीका अध्यक्ष उमेश वि.क, प्रेस चौतारी नेपालका उपाध्यक्ष गौरी शंकर जयसवाल, महासंघकी उपाध्यक्ष मालती न्यौपानेलगायतले शुभकामना व्यक्त गर्नु भएको सचिव राजकुमार रेश्मीले जानकारी दिनु भयो ।

जिल्ला शाखाको १४ औं अधिवेशन भने केन्द्रीय समितिले तोकेको मितिमा हुने महासंघले जनाएको छ । सदस्यता शुद्धिकरण अभियान अझै नटुँगिएकोले केन्द्रीय समितिले सदस्यताको टुङ्गो लगाउन नसकेको महासंघका एक सदस्यले बताएका छन् । महासंघको २४ औं साधारण सभाले ६ बुँदे घोषणा पत्र पनि जारी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?