बद्रि पंगेनी र शान्ती भण्डारीको ‘चोली फेर्ने माया’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । बद्री पंगेनी र शान्ती भण्डारीको स्वरमा रहेको चोली फेर्ने मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक समारोहमा बोल्दै गायक बद्रि पंगेनीले आजभोलि गीत नहेर्ने, शेयर गरिहाल्ने परम्परा विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गर्नुभयो ।

उहाँले एउटा सर्जकले गीत लेख्दा धेरै मेहनत गरेको हुने भन्दै सबैले प्रतिक्रिया दिन आग्रह गर्नुभयो । कार्यक्रममा अभिनेता पुष्प खड्काले लोक गीत नेपालको मौलिक संस्कृति र पहिचान भएको बताउनु भयो । लोक गीत चलचित्रबाट कहिल्यै टाढा नहुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै गायक शिव हमालले चोली फेर्ने माया उत्कृष्ट कलाकारहरुबाट भरिपूर्ण र भाग्यमानी गीत भएको बताउनु भयो ।

गीतमा शिव हमालको शब्द रचना र संगीत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?