मिठो र रसिलोका साथै पोषक तत्वले भरिपूर्ण सुन्तला

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अब सुन्तलाको सिजन सुरु भएको छ । जाडो मौसममा प्रकृतिको वरदानका रूपमा यस फललाई लिइन्छ । हाम्रो पहाडी भेगमा प्रशस्तमात्रामा उत्पादन हुने सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषक तत्वका हिसाबले पनि फाइदाजनक छ । सुन्तला प्रकृतिको अनुपम उपहार हो । विभिन्न भिटामिन, खनिज पदार्थ र फाइबरले युक्त सुन्तलालाई स्वास्थ्यका लागि उपयोगी फल मान्ने गरिन्छ । यसमा प्रशस्तमात्रामा भिटामिन ‘सी’ पाउनुका साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ । एन्टिअक्सिडेन्टले छाला राम्रो राख्न मद्दत गर्छ । सुन्तलाले मुटुरोग, क्यान्सरजस्ता रोगका बिरामीका लागि उपयोगी हुने बताइन्छ । सुन्तलामा पाइने ‘हेस्परिडिन’ भन्ने तत्वले उच्च रक्तचाप हटाउन मद्दत गर्छ ।

हाम्रो पहाडी भेगमा प्रशस्तमात्रामा उत्पादन हुने सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषक तत्वका हिसाबले पनि फाइदाजनक छ । सुन्तला प्रकृतिको अनुपम उपहार हो ।

सुन्तलामा प्रशस्तमात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । यस्तै, यसमा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ । त्यसैगरी सुन्तलामा पाइने ‘डी–लिमोनेन’ भन्ने तत्वले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्ने बताइन्छ । एन्टिअक्सिडेन्टले पनि क्यान्सर हुन नदिन सहयोग गर्छ । सुन्तलामा पाइने प्रशस्त फाइबरले पनि कोलोन क्यान्सर हुन नदिन मद्दत गर्छ ।

त्यसैगरी सुन्तलामा प्रशस्तमात्रामा पोटासियम हुने भएकाले मुटुलाई स्वस्थ राख्न र सहज ढंगले काम गर्न सहयोग पुर्‍याउँछ ।
यस्तै, यसमा पाइने भिटामिन ‘ए’ स्वस्थ आँखाका लागि एकदमै आवश्यक तत्व हो । सुन्तलामा पाइने फाइबर अर्थात् रेशायुक्त पदार्थले कब्जियत हुनबाट जोगाउँछ । त्यस्तै, मिर्गाैलाको पत्थरी, रुघाखोकी, दम, निमोनिया, श्वासप्रश्वासको समस्या, मधुमेह, उच्च रक्तचापका रोगीलाई सुन्तलाको सेवन लाभदायक मानिन्छ । सुन्तला हाम्रो स्वास्थ्यका लागि मात्रै राम्रो नभएर हाम्रो छालाका लागि पनि त्यतिकै लाभदायक छ । यसले अनुहारमा देखिएका डण्डिफोर तथा अन्य दागलाई हटाउनुका साथै छालालाई चमकदार बनाउँछ । सुन्तलाको फलमात्रै नभएर यसको बोक्रा पनि कतिपय पोषक तत्वले भरिपूर्ण हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?