छनोट भएका उसु खेलाडीलाई महासंघको बधाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत उसुका लागि छनोट भएका खेलाडीको सम्मानमा नेपाल उसु महासंघले बुधबार बधाई कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहनुभएका नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौलाले खेलाडीलाई उच्च मनोबलका साथ तयारीमा जुट्न आग्रह गर्नुभयो ।

एसियाडका लागि उसुको थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएका छन् । थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिञ्जाली तथा महिलामा आर्मीकै सुस्मिता तामाङ छनोट हुनुभयो । नान् छ्वान अलराउण्डको पुरुषमा कर्णाली प्रदेशका दीपक हमाल तथा महिलामा बागमतीकी निमा घर्ती मगर छानिनुभयो ।

थाइची छ्वान अलराउण्डको पुरुषमा आर्मीका पासाङ शेर्पा तथा महिलामा आर्मीकै सविता राई छनोट हुनुभयो । महिला चेन सु/छियाङ सुमा एपिएफकी कविता थापा छनोट हुनुभयो ।

सान्सौंतर्फ पुरुष ५६ केजीमा एपिएफका रोहित चुनारा, ६० केजीमा एपिएफकै मंगलप्रसाद थारु, ६५ केजीमा नेपाल प्रहरीका सुमन घुस्री र ७० केजीमा आर्मीका पदम राई छनोट हुनुभएको छ । महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी छनोट हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?