सेयर बजार बढ्दो क्रममा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अघिल्लो दिन १७.६९ अंकले बढेको सेयर बजार बुधबार २९.४७ अंकले बढेको छ । तर, कारोबार रकम भने अपेक्षाअनुसार बढ्न सकेन । मंगलबार एक अर्ब ३३ करोडको कारोबार भएकोमा बुधबार कारोबार रकम १८ करोड रुपैयाँले मात्र बढेको हो । यस दिन दुई सय ७३ कम्पनीका ४२ लाख ३७ हजार ६९ कित्ता सेयर एक अर्ब ५१ करोड ४ लाख ८८ हजार नौ सय ८४ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी सेन्सेटिभ इण्डेक्स पनि ४.३० अंक बढेर ३९०.२८ अंकमा पुगेको छ ।

मंगलबार एक अर्ब ३३ करोडको कारोबार भएकोमा बुधबार भने कारोबार रकम १८ करोड रुपैयाँले मात्र बढेको छ ।

यस दिन १३ वटै समूहका परिसूचक बढेका छन् । जसमध्ये जलविद्युत् समूहको परिसूचक सर्वाधिक २.७४ प्रतिशत बढेको छ भने जीवन बिमा इण्डेक्स २.५१ र निर्जीवन बिमा २.१६ प्रतिशतले बढेको छ । विकास बैंक, फाइनान्स, पर्यटनमूलक तथा होटल, लगानी, लघुवित्त र व्यापार एक प्रतिशतभन्दा धेरै बढेको छ । कारोबार रकमका आधारमा घोराही सिमेन्ट्स सात करोड ५७ लाख ६६ हजार रुपैयाँसहित शीर्षस्थानमा रहेको छ । सोल्टी होटलको सात करोड छ लाख २९ हजार, आइएमई लाइफ इन्स्योरेन्सको पाँच करोड ४६ लाख ४२ हजार, एसियन लाइफको चार करोड ३६ लाख चार हजार र शिवम् सिमेन्टसको चार करोड चार लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

बुधबार तीन कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशत बढेर छ सय ३७ रुपैयाँ ४० पैसा पुगेको छ भने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको ९.६४ प्रतिशत र लिवर्टी इनर्जीको ९.४५ प्रतिशतले बढेको छ । दोल्ती पावर सेयरको ८.८६ प्रतिशत, मायाखोला हाइड्रोपावरको ८.४७, समता लघुवित्त ८.२८, सूर्योदय वोमी लघुवित्त ७.८४, मेन्छियम हाइड्रोपावरको ७.८४, तेह्रथुम पावरको ७.७९, र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको ७.७० प्रतिशतले सेयरमूल्य बढेको छ ।

तर, सिटिजन सुपर ३० म्युचुअल फण्डको इकाईमूल्य ७.४२ प्रतिशत घटेर आठ रुपैयाँ २३ पैसामा झरेको छ भने एनएमबी डिबेञ्चर ८.५० प्रतिशत, १० प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०८६ को ३.९४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.५२ प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य २.४६ प्रतिशतले घटेको छ । समग्र बजार पुँजीकरण पनि बढेर साढे ३० खर्बभन्दा बढी पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?