प्रतिनिधिसभा बैठक आज पनि बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

यसअघि बुधबार लामो समयको अवरोधपछि बैठक सञ्चालनमा आएको थियो । एमालेको मागअनुसार सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने सहमति पछि संसदको अवरोध हटेको थियो ।

उक्त बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गरिएको विषय पनि जानकारी गराइएको छ ।

त्यस्तै, बैठकले १० वा सोभन्दा बढी दिनसम्म बैठकमा अनुपस्थित भएका सांसदको अनुपस्थितिको सूचना पनि स्वीकृत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?