सिजीनेटद्वारा सात नयाँ शहरमा सेवा विस्तार

Read Time = 3 mins

काठमाडौं । इन्टरनेट र आइपिटिभका साथ सिजीनेटले स्पिड दमदार, प्रसाइ शानदार नामक अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले १३० एमबिपिएसको सात सय ९९, २५० एमबिपिएसको एक हजार ४९ मा र ३५० एमबिपिएसको एक हजार दुई सय ९९ रुपैयाँ प्रतिमहिनामा नेट सुविधा प्राप्त गर्नेछन् । साथै कम्पनीले प्रयोगकर्तालाई तीन लाखसम्मको एक्सिडेन्टल बीमा र सिजीका घडी, इयरफोनलगायत अन्य अरू घरायसी सामग्री खरिदमा ३५ प्रतिशत डिस्काउन्ट अफर लिएर आएको छ ।

सिजीनेट जोडेर प्रयोगकर्ताले चार लाख नेपाली रुपैयाँ बराबरको यी सबै सुविधाको फाइदा लिन सक्ने कम्पनीको दाबी छ । काठमाडौंको भव्य सफलतापछि कम्पनीले विराटनगर, वीरगञ्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहवीसम्म सेवा विस्तारको योजना बनाएको कम्पनीले पछिल्ला केही महिनामा आफ्नो सेवा योजना गरेका सम्पूर्ण ठाउँमा पु¥याइसकेको छ ।

वैशाख ३ गते पोखरामा भव्य उद्घाटन गर्दै सिजीनेटले तत्कालका लागि सेवा विस्तार यात्रा टुंग्याएको छ । १३० एमबिपिएस नेटलाई जनतामाझ सबैभन्दा सस्तो मूल्य सात सय ९९ प्रतिमहिनामा उपलब्ध गराउने कम्पनीले अत्याधुनिक प्रविधि प्रयोगबाट सस्तो र भरपर्दो इन्टरनेट सेवामार्फत् देशलाई संसारसँग जोड्ने उद्देश्यसाथ नेपालका विभिन्न स्थानमा सेवा विस्तार गरिरहेको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भन्नुहुन्छ, ‘आठ नयाँ स्थानमा सेवा विस्तार गर्न पाउँदा हामी निकै उत्साहित बनेका छौँ, आजको संसारमा खाँचो पर्ने भरपर्दो इन्टरनेट सुविधाको पहुँचको महत्व बुझ्छौँ र त्यसलाई सकेसम्म धेरैभन्दा धेरै मानिसलाई उपलब्ध गराउन चाहन्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?