६ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Read Time = 1 min
A A- A+

हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा साथै बाकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो मधेश, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र प्रदेश १ मा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, राती प्रदेश १ , बागमती र गण्डकी प्रदेशमा वर्षा हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?