शुभकालिका-५ सुकाटिया बालबिवाह निषेधित वडा घोषणा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 12 mins

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर-५ सुकाटियालाई बालबिवाह निषेधित वडा घोषणा गरिएको छ ।

बिहिबार एक भब्य कार्यक्रमकाबीच "नगरोैँ बिवाहको कुरा, भएको छैन २० वर्ष पूरा" " परिपक्क उमेरमा गर्भधान, सुरक्षित जीवनको समाधान" भन्ने मूल नाराका गाउँपालिकाको वडा नम्बर-५ लाई बालबिवाह निषेधित वडा घोषणा गरिएको हो ।

सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोटको सहजीकरण तथा शुभकालिका गाउँपालिका वडा नम्बर-५ ले आयोजना गरेको कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नम्बर-५ का वडा अध्यक्ष मिमबहादुर शाहीको सभाध्यक्षता, शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाही प्रमुख अतिथि र वडा नम्बर-४ का वडा अध्यक्ष प्रदिप चोैलागाईंको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा नम्बर-५ का वडा अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष मिमबहादुर शाहीले विगत ५ वर्षदेखि शुभकालिका गाउँपालिकामा बालबिवाह बिरुद्धका विभिन्न अभियान सञ्चालनमा रहको बताउनुभयो ।

शुभकालिका गाउँपालिकामा बालबिवाह निषेधित वडा घोषणा गर्न २०७८ को कार्यविधि अनुसार वडा नम्बर-५ ले पनि १५ वटा सूचक र १९ वटा प्रक्रिया पूरा गरेर मात्रै आज बालबिवाह निषेधित वडा घोषणा गर्न सफल भएको दाबी गर्नुभयो । उहाँले सन् २०१८ बाट २०२३ सम्म आइपुग्दा शुभकालिका गाउँपालिका वडा नम्बर-५ मा बालबिवाह ८० प्रतिशतले न्यूनीकरण भएको जानकारी गराउनुभयो ।

उहाँले वडा लाई बालबिवाह निषेधित वडा घोषणा गर्न विभिन्न सूचक र प्रक्रिया पूरा गरेर बालबिवाह शुन्य प्रतिशतमा झरेपछि मात्रै वडा नम्बर-५ लाई बालबिवाह निषेधित वडा घोषणा गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।

कार्यक्रममा किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले शुभकालिका गाउँपालिकाका चारवटा वडामा ओैपचारीक रुपमा बालबिवाह निषेधित घोषण भइसकेको र वडा नम्बर-५ लाई पनि आज बालबिवाह निषेधित वडा घोषणा गरिएको जानकारी दिनुभयो । जिल्लाभर व्यापक रुपमा रहेको बालबिवाह अहिले स्थानीय तहका विभिन्न वडाबाट यसको न्यूनीकरण भइरहेको उहाँले बताउनुभयो ।

शुभकालिकामा बालबिवाह निषेधित वडा घोषणा कार्यक्रम भइरहँदा जिल्लाका अन्य पालिकामा पनि यसले सकारात्मक सन्देश प्रवाह गरेको उहाँको भनाइ थियो ।

यस्तै कार्यक्रममा सेभ द चिल्ड्रेनका बालअधिकार शासन तथा बालसंरक्षण संयाेजक बालअधिकारकर्मी बाले बिश्वकर्माले कालीकोटको नवोैं र शुभकालिकाको पाँचौं बालबिवाह निषेधित वडा घोषणाका रुपमा यो वडालाई लिएको बताउनुभयो । उहाँले मानव विकास सूचकांकका हिसाबले मधेस प्रदेश र कर्णाली प्रदेशमा बालबिवाह, जातीय विभेद, लगायतका विकृति र विसंगतिले चंगुल रुपमा फसेको बताउनुभयो । साथै उहाँले बालबालिका लागि स्थानीय सरकारले उचित रणनीतिको ब्यबस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य कृष्णप्रसाद आचार्यले समाजमा विद्ववान रुपमा रहेको बालबिवाह, छाउपडि, महिलाहिंसा, जातीय विभेद जस्ता सामाजिक कुपर्थाले समाज अझै पनि माथि उठ्न नसकेको बताउनुभयो । यी र यस्ता विकृतिलाई जरैबाट उखेल्न स्थानीय सरकार र विभिन्न संघसंस्थाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । आगामी दिनहरुमा राजनीति दलका नेताहरूले पनि समाजमा सामाजिक क्यान्सरका रुपमा रहेका विकृतिहरुलाई न्यूनीकरणमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपालको संविधानले जारी गरेका ऐन, नीति नियम र निर्णयमा रहेर हरेक क्रियाकलाप गर्नु आवश्यक छ, "उहाँले भन्नुभयो, गरीबी, अशिक्षा र विपन्नताकै कारण बालबिवाह जस्ता अपराधीक क्रियाकलापहरु समाजमा बढीरहेको उहाँले बताउनुभयो ।

शुभकालिकाकाे विकास र समृद्धिका लागि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले पनि ध्यान दिन आवश्यक रहेको उहाँको तर्क थियो । स्थानीय तहका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त रहकै कारण गाउँठाउँको विकास हुँन नसकेको टिप्पणी गर्नुभयो । आज बालबालिका भविष्यका कर्णधार भनेर भनिरहँदा उनिहरुको संरक्षण, ब्यवस्थापन र उनिहरुको आवश्यकतालाई परिपुर्ति गर्न नसकेकै कारण हामी पछाडि पर्नु परेको उहाँको भनाइ छ । भविष्यका कर्णधारलाई बर्तमानका साझेदारका रुपमा लिन सक्यौं भने मात्रै बालबालिकाको संरक्षण र आवश्यकतालाई पूरा गर्न सकिने उहाँले जोड दिनुभयो ।

यस्तै नेकपा एमालेका युवा नेता पुष्पराज आचार्यले सामाजिक रुपान्तरणका लागि बालबालिका देखि युवा बृद्धबृद्वा सबैको आआफ्नो ठाउँमा महत्त्वपूर्ण भूमिका रहन जाने भएकाले सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले बालबिवाह गर्दा एक चरण घरपरिवारमा सुख दियतापनि यसले पछिसम्म दिर्घकालिन रुपले असर पर्ने जानकारी गराउनुभयो ।

समाज रुपान्तरणका निमित्त एउटा गैरसरकारी संघसंस्थाको मात्रै भूमिका नभइ यहाँका स्थानीय सरकारले पनि विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । किर्डाक नेपाल र सेभ द चिल्ड्रेनकै कारण आज समाजमा जघन्य अपराधका रुपमा रहेको बालबिवाह शुन्य प्रतिशतमा झरेको उल्लेख गर्नुभयो । जती संघसंस्थाले शुभकालिकाका लागि काम गरे त्यति स्थानीय सरकारले काम गरेको भए आज शुभकालिका विकासको केन्द्रविन्दुमा पुन्ने विश्वास ब्यक्त गर्नुभयो ।

यसैगरी नेपाल पत्रकार महासंघ कालीकोटका सचिव खडानन्द अधिकारीले कार्यक्रममा बोल्दै विकास भनेको गाउँमा डोजर आतंक गर्नुमात्रै नभइ बालबालिकाको दिगो विकास संरक्षण र प्रबर्द्धनमा लगानी गर्नुपनि उत्तिकै विकास भएको बताउनुभयो । आज शुभकालिका पाँचलाई बालबिवाह निषेधित वडा घोषणा गरिरहँदा यो भन्दा खुसीको कुरा अरु केही हुँन नसक्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर-४ का वडा अध्यक्ष प्रदिप चोैलागाईंले सामाजिक परम्परा र मान्यतालाई परिवर्तन गर्न समय लाग्ने भएकाले बालबिवाह रोक्न कठिनाइ भइरहेको बताउनुभयो । “बालबिवाहविरुद्धका अभियानमा भाषण गर्ने व्यक्ति नै सुटुक्क बालविवाह गराउँछन्, अरुको के कुरा गर्ने ?”, चाैलागाईंले भन्नुभयो, “सामाजिक परम्परा र मान्यता एकैसाथ परिवर्तन नहुने हुँदा मानिसको सोचमा परिवर्तन ल्याउनाका साथै समाजलाई पनि सचेत बनाउने काम भइरहेको छ ।”

उहाँका अनुसार घरपरिवारमा अभिभावकहरूको बेमेल, अभिभावक वैदेशिक रोजगारमा गएका र गरीब परिवारमा बालबिवाह हुँने गरेको पाइएको छ । समाज धेरै परिवर्तन भइसकेको छ । "उहाँले भन्नुभयो, हामीले पुरानो सोँच र संस्कारलाई अन्त्य गर्दै गयौं भने पक्कै पनि बालबिवाह जस्ता सामाजिक कुरीति र कुसंस्कारलाई अन्त्य गर्न सक्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि एवम् गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले शुभकालिकामा बालबिवाहलाई शुन्य प्रतिशतमा झार्न र पालिकालाई नै बालबिवाह मुक्त पालिका घोषणा गर्न पालिकाको तर्फबाट पनि आफूहरू तयार रहेको बताउनुभयो । अहिलेसम्म सहयात्रा परियोजनाले शुभकालिकामा बालबालिका क्षेत्रमा जति काम गर्योै त्यसले समाजलाई एक प्रकारको सकारात्मक सन्देश फैलाएको बताउनुभयो ।

बालबालिकामा लगानी गर्न, यहाँकाे विकास गर्न, भ्रष्टाचारलाई न्यूनीकरण गर्न, र समाज रुपान्तरण गर्न सबैले एकजुट हुनुपर्ने उहाँले आग्रह गर्नुभयो ।

सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोटले कालीकोटको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा विगत ५ वर्षदेखि बालबिवाह बिरुद्ध विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रममा बालबिवाह न्यूनीकरण सम्बन्धि विभिन्न किसिमका सचेतनामूलक देउडा, गीत गजल ठाडिभाक लगायतका प्रस्तुति समेत गराइएको थियो । बालबिवाह निषेधित वडा घोषणा कार्यक्रममा, किर्डाक नेपाल कालीकोटका परियोजना संयोजक प्रकाश शाही, संस्थामा कार्यरत कर्मचारी, राजनीतिकदल, नागरिक समाज, पत्रकार, शिक्षक, कर्मचारी र विद्यार्थीको बाक्लो सहभागीता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?