सिनेमाघरमा ‘जय हो’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिनेमाघरमा चलचित्र ‘जय हो’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘जय हो’ प्रदर्शनमा आएको हो । चलचित्रको यही बुधबार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा चलचित्र हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति थियो । चलचित्र हेरेर हलबाट निस्कँदै गर्दा दर्शकले मिश्रीत प्रतिक्रिया दिएका थिए ।

टेक पौरखी राईको निर्देशन रहेको चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, वनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स छ । सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ चलचित्रमा । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुनुहुन्छ । चलचित्र सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?