कालीकोटका १४ वडा बालबिवाह निषेधित वडा घोषणा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 9 mins

कालीकोट । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर-४ राराकाटियासहित कालीकोटका १४ वटा वडा बालबिवाह निषेधित वडा घोषणा भएका छन् ।

बालबिवाहको डरलाग्दो अबस्थामा रहेको कर्णाली प्रदेश र कर्णालीको पनि कालीकोट जिल्लाका ८२ वटा वडा मध्ये १४ वटा वडा बालबिवाह निषेधित वडा घोषणा भएका हुँन् ।

स्थानीय सरकारको सक्रियता सेभ द चिल्ड्रेन र किर्डाक नेपालको सहयात्रा परियोजना लागु भएका जिल्लाको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिका गरी १४ वटा वडालाई बालबिवाह निषेधित वडा घोषणा गरिएको हो ।

बिहिबार जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर-५ सुकाटियालाई बालबिवाह निषेधित वडा घोषणा गरिएसँगै शुक्रबार वडा नम्बर(४ लाई पनि बालबिवाह निषेधित वडा घोषणा गरिएको छ ।

एक भब्य कार्यक्रमकाबीच ूनगरोै बिवाहको कुरा, भएको छैन् २० वर्ष पूरा परिपक्क उमेरमा गर्भधान, सुरक्षित जीवनको समाधानू भन्ने मूल नाराका गाउँपालिकाको वडा नम्बर-४ लाई बालबिवाह निषेधित वडा घोषणा गरिएको हो ।

सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोटको सहजीकरण तथा शुभकालिका गाउँपालिका वडा नम्बर-४ ले आयोजना गरेको कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नम्बर-४ का वडा अध्यक्ष प्रदिप चोैलागाईंको सभाध्यक्षता, शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीको प्रमुख आतिथ्यता वडा नम्बर-५ का वडा अध्यक्ष मिमबहादुर शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर शाही लगायतको बिशेष आतिथ्यतामा वडा नम्बर-४ लाई पनि बालबिवाह निषेधित वडा घोषणा गरिएको जनाइएको छ ।

बालबिवाह निषेधित वडा घोषणा गर्नका लागि १४ वटै वडाले १५ वटा सूचक र १९ वटा प्रक्रिया पुरा गरेर बालबिवाह निषेधित वडा घोषणा गर्न सफल भएका हुँन् ।

११ वटा वडा रहेको तिलागुफा नगरपालिकामा वडा नम्बर १, २, ३ र ४ लाई बालमैत्री घोषणा गरिएसँगै वडा नम्बर १ देखि ८ सम्म बालबिवाह निषेधित वडा घोषणा गरिसकिएको छ । यसका साथै ८ वटा वडा रहेको जिल्लाको शुभकालिका गाउँपालिकामा वडा नम्बर ४ र ५ लाई पनि बालबिवाह निषेधित वडा घोषणा गरेपछि कालीकोटका १४ वटा वडा बालबिवाह निषेधित वडा घोषणा भएका हुँन् ।

घोषणा गरिएका वडाहरुमा २० वर्ष मुनी उमेर समूहमा बालबिवाह शुन्य प्रतिशतमा देखिएपछि ती सबै वडालाई बालबिवाह निषेधित वडा घोषणा गरिएको किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तथा कान्तिपुर दैनिकका उप(सम्पादक तुलाराम पाण्डेले बताउनुभएको छ ।

तिलागुफा नगरपालिकाभित्रका ११ वडामध्ये ८ वडामा बालबिवाह हुँने गरियतापनि शुन्यमा झारिएको र बालबिवाह हुँनै छाडेपछी ती वडालाई पालिका, किर्डाक नेपाल र सेभ द चिल्ड्रेनको सहयोग तथा सहजीकरणमा बालबिवाह मुक्त वडा घोषणा गरियो संयोजक पाण्डेले बताउनुभयो ।

बालबिवाहलाई न्यूनीकरण गर्न पछिल्लो समय स्थानीय सरकार सँगसँगै सरकारी तथा गैरसरकारी संघसंस्थाको सक्रियता बढ्दो छ । गाउँ-गाउँमा जनचेतनामूलकसँगै बालबिवाह बिरुद्धका दबाबमूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । बाल बिहेको अवस्था विकराल देखिएपछि स्थानीय तहसँगै बालबालिकाको क्षेत्रमा का गर्ने संस्था कडा रूपमा उत्रिएको जिल्ला संयोजक पाण्डेको भनाइ छ ।

सन् २०१८ बाट बालबिवाह अन्त्यको थालनी गर्दा वडा नम्बर-८ सम्म आइपुग्दा जम्मा बिवाहको ९२ प्रतिशत बालबिवाह भएको पाइएको थियो । तर सन् २०२३ मा आइपुग्दा पाँच वर्षको अवधिमा बालबिवाहको दर शून्यमा झरेको सेभ द चिल्ड्रेनका बालअधिकार शासन तथा बालसंरक्षण संयोजक बालअधिकारकर्मी बाले बिश्वकर्माले बताउनुभयो ।

शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले शुभकालिका गाउँपालिकालाई नै बालबिवाह लगायतका सामाजिक विकृति र विसंगतिलाई न्यूनीकरण गर्न गाउँपालिका प्रतिवद्व रहेको बताइन् । उहाँले कतिपय ठाउँमा बालबिवाह गर्ने र गराउने दुवै पक्षलाई सार्वजनिक सेवाबाट वञ्चित गर्नेसम्मका नीति लिइएको छ । त्यस्तै, बालबिवाह निषेधित वडा र टोल घोषणा गरिएका छन् । सामाजिक रूपमै बहिष्कार गरिएपनि २० वर्ष नपुग्दै बिहे गर्ने प्रचलन नघटेको उहाँले बताउनुभयो ।

हालसम्म गाउँपालिका भित्रका ८ वटा वडामध्ये ६ वटा वडालाई बालबिवाह निषेधित वडा घोषणा गरिसकिएको छ । अनिवार्य बालमैत्री स्थानीय शासन लागु भएका वडा घोषणा गर्नका लागि बालबिवाह एउटा सूचक मात्र हो । गाउँपालिकामा बालबिवाह विरुद्धको अभियानमा सहभागी सेभ द चिल्ड्रेनका बालअधिकार शासन तथा बालसंरक्षण संयोजक बाले बिश्वकर्माले तिलागुफा र शुभकालिका गाउँपालिकालाई कर्णाली प्रदेशकै पहिलो बालबिवाह मुक्त पालिका घोषणा गर्ने लक्षमा रहेको जानकारी दिनुभयो ।

शुभकालिका गाउँपालिका भित्रका ८ वडालाई पनि बालबिवाह निषेधित वडा घोषणा गर्ने अभियान जारी छ । सेभ द चिल्ड्रेन र किर्डाक नेपालको सहयात्रा परियोजना अन्तर्गत सञ्चालन भइरहेका कार्यक्रम प्रभावकारी बन्दै गइरहेका छन् ।

सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोटले कालीकोटको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा विगत ५ वर्षदेखि बालबिवाहबिरुद्ध विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहेको छ ।

कर्णाली प्रदेशका अन्य जिल्लाको तुलनामा कालीकोट जिल्लामा बालबिवाहको दर उच्च रहेको पाइन्छ । त्यसमध्ये तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिका विगतको तुलनामा भन्दा पछिल्लो समय बालबिवाह न्यूनीकरण हुँदै आएको किर्डाक नेपाल कालीकोटका परियोजना संयोजक प्रकाश शाहीले बताउनुभयो ।

शुभकालिका गाउँपालिका वडा नम्बर-४ को बालबिवाह निषेधित वडा घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, वडा अध्यक्ष, पत्रकार, नागरिक समाज, सुरक्षाकर्मी, विद्यार्थी लगायतको उपस्थित रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?