लहान । मौसमका कारण स्थगित भएको नेकपा एमाले सचिवालय बैठक भदौं १३ वाट सुरु हुने भएको छ ।
आजदेखि चौथों महाधिवेशनस्थल, सिरहा हुने भनिएको सचिवालय बैठक अन्तिम समयमा हिजो मौसमका कारण स्थगित भए पछि नयाँ मितिको रुपमा भदौं १३ गते तय गरिएको हो ।
धनगढीमाई नगरपालिकास्थित सर्रे अम्बासमा हिजोदेखि बैठक सुरु हुँदै थियो । तर, निरन्तर झरी परे पछि सो बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
सिरहा एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले १३ गते देखी सो बैठक सुचारु हुनेछ । उहाँका अनुसार बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला परेको तर निरन्तर झरीका कारण खोलामा बाढी बढेको र तर्न नसकिने अवस्था देखिए पछि बैठक स्थगित गर्नु परेको हो । बैठक सोही स्थानमा नै बस्नेछ ।
सोही ठाउँमा सम्पन्न भएको तत्कालिन नेकपा मालेले चौथों महाधिवेशन सम्पन्न गरेको थियो, जहाँवाट मदन भण्डारी पार्टी नेतृत्वमा आएका थिए । मदन भण्डारीको नेतृत्व स्थापित भएको तथा जनताको बहुदलीय जनवादको पृष्ठभुमी तयार भएको सो स्थानमा यसपटक नेकपा एमालेले सचिवालय बैठक राख्ने निधो गरेको थियो । तर, मौसमका कारण अन्तिम समयमा स्थगित गर्नु परेको जनाईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच