वर्षातका कारण भोजपुरमा सडकसहित घरहरुमा क्षति

फाइल तस्बिर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । निरन्तरको बर्षातका कारण भोजपुरमा पहिरो जान सुरु भएको छ । पहिरोका कारण सडक, बिद्यालयका र घरहरु समेत जोखिममा परेका छन्।

जिल्लामा निरन्तरको बर्षातका कारण सडक सहित घरहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले जानकारी दिनुभयो । निरन्तरको बर्षातका कारण गएको पहिरोले भोजपुर नगरपालिका वडा नम्वर १२ का दुई घरमा जोखिम भएको छ । अन्य केही घर समेत जोखिममा रहेका छन । शनिवार राती गएको पहिरोले रमेश दर्नाल र मोतीलाल कपालीको घरमा क्षति पुगेको स्थानीय बिमल रणपहेलीले जानकारी दिनुभयो ।

केही दिन यताको अविरल वर्षाको कारण आफनो घरहरुको माथि र तलबाट पहिरो गएको दिपेन दर्नालले बताउनुभयो । उहाँले भन्नुभयो, “शनिवार रातीको पहिरोले घरमा नै क्षति पुर्याएको छ, आवश्यक सहयोगका लागि प्रक्रिया अगाडी बढाएका छौ ।” दुई घर मात्र अन्य घरहरु पनि पहिरोको जोखिममा छन । थप पहिरोको जोखिम रोक्न र आवश्यक सहयोगका लागि सम्वन्धित निकायको ध्यानाकर्षण समेत ती दुई घर परिवारले गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बर्षातका कारण भोजपुर नगरपालिका चारका नरेश खड्काकोे दुई तले घर पुर्ण रुपमा क्षति भएको । यस्तै जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका २, कोतगढीडाँडा नजिकैको भित्री सडक खण्डमा पहिरो गएर सडक नै अवरोध भएको छ ।
बर्षातका कारण हतुवागढी गाउँपालिका १, भिमसेनथानका छत्र बहादुर बस्नेतको घर छेउमा रहेको गोठ लड्दा गोठ भित्र रहेका केही खसी बाख्राहरु समेत मरेका छन । भोजपुर नगरपालिका वडा नम्वर १२, पैयाँपानीमा रहेको सार्वजनिक आधारभुत विद्याालयको ४० मिटर पर्खाल समेत बर्षातका कारण ढलेको प्रहरीले जनाएको छ ।

तीन तले घर भत्किएपछि जिल्लाको उत्तर षडानन्द नगरपालिका वडा नम्वर ८ का चमर सिह तामाङको ८ जनाको परिवार छिमेकी हर्क राज राईको घरमा बस्दै आई रहनु भएको छ । निरन्तरको बर्षातका कारण रामप्रसाद राइ गाउँपालिका ७ का सुमन राई, सोही वडाका टिकाराम राई लगायतको घरमा समेत क्षति पुगेको प्रहरी निरीक्षक लिम्बुले बताउनुभयो ।

निरन्तरको बर्षातका कारण जिल्लाको अधिकांश क्षेत्रहरुमा घरहरु जोखिमा परेको र बिवरणहरु संकलन भई रहेको प्रहरी निरीक्षक लिम्बुले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?