लम्सालका दुई वृत्तचित्र अमेरिकाको चलचित्र महोत्सवमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नुवाकोटका स्रष्टा पुरू लम्सालको लेखन तथा निर्देशनमा रहेका दुई वृत्तचित्र अमेरिकाको ज्याक्सनमा हुन लागेको चलचित्र महोत्समा एकैपटक छनोटमा परेका छन् । अमेरिकाको ज्याक्सनमा आयोजना हुने चलचित्र महोत्सवमा पुरू लम्सालको लेखन र निर्देशनमा रहेको वृत्तचित्र ‘गोरु पर्व’ र नुवाकोटकै प्रसिद्ध दुप्चेश्वरको जात्रामा आधारित वृत्तचित्र ‘आस्थाको ढुंगा’ अफिसियल छनोटमा परेका हुन् । महोत्सवमा एउटै लेखकका दुईवटा वृत्तचित्र छानिएको यो पहिलो हो ।

यी दुईवटै वृत्तचित्र सिने मेकर्स प्रालिले निर्माण गरेको हो । गोरु पर्वको निर्माता केपी पाठक र निरञ्जन सिक्देल शर्मा हुनुहुन्छ भने आस्थाको ढुंगाको निर्माता रसिक पाठक, सुशीलसिंह ठकुरी हुनुहुन्छ । ‘गोरु पर्व’को छायांकन रमेश धमला र ज्योति सिंहले गर्नुभउको हो भने सम्पादन लव प्याकुरेलले गर्नुभएको हो । यस्तै ‘आस्थाको ढुंगा’को छायांकन रमेश धमला र वैकुण्ठ गौतमले गर्नुभएको हो भने सम्पादन आशिष डंगोल र शिव पुरीले गर्नुभएको हो ।

लेखक लम्सालका ‘ठूलीका सपनाहरू, अर्काे ओरालो, देश हराएका मान्छेहरू, पानीघट्ट, नौगेडी, देउकाशी, मनझाँक्री’ जस्ता नाटकसंग्रह प्रकाशित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?